फस्र्ट माइक्रोफाइनान्सनको कामु प्रमुख कार्यकारी अधिकृतमा दानराज पन्त

काठमाण्डौँ ३१ असार । फस्र्ट माइक्रोफाइनान्सको कायममुकायम प्रमुख कार्यकारी अधिृकतमा दानराज पन्त नियुक्त हुनुभएको छ । हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीको कार्यावधि असार ३१ गते समाप्त भएपछि पन्तलाई कायम मुकायममा नियुक्त गरिएको हो ।

कम्पनीको असार ३१ गते बिहान बसेको सञ्चालक समितिको बैठकले पन्तलाई कम्पनी सचिवको समेत जिम्वेवारी यथावत रहने गरी कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गको राष्ट्रिय स्तरकोे थोक लघुकर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापना भई २०६६ साल पौष २४ गतेदेखि विधिवत कारोवार शुभारम्भ गरेको हो ।
यसले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्था तथा ग्रामीण क्षेत्रमा कार्यरत समुदायमा आधारित भएर वचत तथा ऋणको कार्य गरिरहेका बचत तथा ऋण, बहुउद्घेश्यीय र साना किसान सहकारी संस्थाहरूलाई दिगो लघुवित्त सेवाका लागि थोक लघुकर्जा प्रदान गरिरहेको छ । यसबाट थोक कर्जा लिई रहेका साझेदारी ऋणी संस्थाहरु १२० छन् । चितवनको भरतपुर र मोरगको उर्लाबारीमा दुई शाखा रहेको छ । संस्थामा २१ कर्मचारी कार्यरत छन् । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले यी ऋणी साझेदार संस्थाहरु मार्फत विपन्न वर्गमा कर्जा प्रवाह गरी विपन्न तथा न्यून आय भएका लक्षित वर्गको जीविकोपार्जनमा टेवा प्रदान गर्ने तथा जीवनस्तर उकास्न सहयोग पु¥याउने प्रमुख उद्देश्यका साथ कारोवार गर्दै आएको छ । यस लघु वित्त वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्थाबाट पाँच अर्व २३ करोड ऋण सापटी लिएर पाँच अर्व ६० करोड थोक कर्जा प्रवाह गरेको छ । यस लघु वित्त वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड रहेको छ ।
कृषि अर्थशास्त्रभा विएस्सी कृषिको अध्ययन पश्चात लघुवित्त क्षेत्रमा प्रवेश गरेका पन्त अर्थशास्त्र विषयमा स्नतकोत्तर हुन । छिमेक लघुवित्त विकास बैंकमा शाखा प्रबन्धक, अनुगमन प्रमुख तथा सहायक क्षेत्रीय प्रवन्धक लगायतका पदमा रही ६ वर्ष काम गरे त्यहाँको व्यवस्थापन समितिको सदस्यको रुपमा रहेको र नीति निर्देशिका लगायत रणनैतिक योजनामा सहभागी हुनुभएको थियो । त्यसपछि मुक्तिनाथ विकास बैंकमा प्रबन्धक पदमा तीन वर्ष लघुवित्त विभाग प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको थियो । सो बैंकको लघुवित्त बैकिङ्गको जग बसाली विकास बैंकलाई चर्चाको शिखरमा पुर्याउन उहाँको ठुलो योगदान रहेको छ । विसं २०६८ सालमा उहाँ फस्र्ट माइक्रोफाइनान्स प्रवेश गरी हाल कामु कार्यकारी अधिकृतको जिम्मेवारी वहन गर्नुभएको हो ।

लमजुंगका पन्तसँग लघुवित्त क्षेत्रमा १७ वर्ष बढीको कामको अनुभव छ । भारत, श्रीलंका, थाईल्याण्डमा रहेका माइक्रोफाइनान्स लघुवित्त संस्थाको अध्ययन भ्रमण गर्नु भएका पन्तले सिग्यापको फाइनिन्सीयल परफरमेन्स म्यानेजमेन्ट तालिम कोर्स ,कोडि इन्सीच्यूट अफ जेभिएर फ्रान्सीज युनिभरसीटिको कम्युनिटि वेस्ड माईक्रोफाइनान्स फर फाइनिसीयल इन्क्लुजन कोर्स र द माइक्रोफाइनान्स एसोसिएसन यु केको माइक्रोफाइनान्स सस्टेनेविलिटी म्यानेजमेन्ट अनलाईन तालिम लिनु भएको छ । लघुवित्तको अतिरिक्त युएनडीपी र अक्सफोर्ड युनिभरसीटिको डिजाइनिङ्ग मल्टीडायमेन्सनल पोभरर्टी इन्डेक्स अनलाइन कोर्स लिई त्यसको सर्टिफाईट प्राविधिकको लिस्टमा रहनु भएको छ ।

Advertisment