बांके प्रहरीकाे रक्तदान १०१ जना सहभागी

नेपालगंज । नेपालगंज उ.म.न.पा.१० गणेशमानचोक स्थित लागू औषध परामर्श केन्द्र, नेपालगंज बाँकेको प्राङगणमा सामुदायिक सेवा केन्द्र बाँके तथा जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

बांके जिल्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बांकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक Sp ओम बहादुर राना समेतको उपस्थितिमा मानवीय जिवन रक्षाका लागि रक्तदान कार्यक्रम गरिएकाे जनाईएकाे छ ।

उक्त कार्यक्रममा बांके प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत ९८ जना प्रहरी कर्मचारी र ३ जना सर्वसाधारण गरी जम्मा १०१ जनाले रक्तदान गरिएकाे थियाे ।
सबै रक्तदाताहरु तथा रक्त संकलनमा खटिएका डाक्टर र रेडक्रसका स्वयमसेवकहरु लाई सामुदायिक सेवा केन्द्रका अध्यक्ष शशी स्वाँर र प्रहरी प्रमुख प्र.उ.ओम बहादुर राना बाट प्रमाण पत्र वितरण गर्दै धन्यवाद ज्ञापन गरि कार्यक्रम सम्पन्न भएकाे बांकी प्रहरीकाे बुलेटिनमा उल्लेख गरिएकाे छ ।

Advertisment