मेजर दिपककाे श्रद्वाञ्जली सभा, डा.रिजालकाे किन भयाे प्रशांसा !

काठमाडौं । पूर्वसांसद, नेपाल भूतपूर्व सैनिक संघका संस्थापक तथा तमू बौद्ध सेवा समिति नेपालका संस्थापक तथा पूर्वअध्यक्ष दिपक गुरुङको स्मृतिमा तीनदिने भात दिने (स्याेमैकैं) क्रममा श्रध्दाञ्जलि कार्यक्रमकाे समेत आयोजना गरिएकाे छ ।
सामान्यतया नेपाली कांग्रेसले १३दिनमा श्रद्वाञ्जली कार्यक्रम गरिने गर्दछ । तर अाज तमु बाैद्व सेवा समितिकाे अायाेजनामा कांग्रेसका नेताहरु पुगेर श्रद्वाञ्जली मन्तब्य दिएका हुन ।

त्यसाे त दर्जन बढि नेता तमू बौद्ध सेवा समिति पुगेकाे थिए । काेराेनाभाईरसका कारण मुलुक बिषम अवस्थामा रहंदा समेत नेताहरुले साेसलडिष्टेन्ट कायम गर्नुकाे सट्टा मन्तब्य दिने चाहाना देखिएकाे पछि अायाेजकलाई निकै सकस भएकाे बताईन्छ ।

तर कांग्रेस नेता डा.मिनेन्द्र रिजाल भने स्वर्गिय गुरुङकाे तस्बिरमा माल्यार्पण गरि बाटाे लागेकामा त्यहां उपस्थित अधिकांश ब्रिटिश, सिङ्गापुर, भारतीय सेनाका बहालवाला तथा अवकाश प्राप्तहरुले गाईंगुईं गर्दै डा रिजालकाे प्रशांसा गरेका थिए । बेतायती सेना र गुरुङ समुदायकाे ठुलाे संख्यामा उपस्थित महानुभावहरुले डा.मिनेन्द्र रिजालकाे मन्तब्य दिनेतिर भन्दा पनि श्रद्वाञ्जली दिई हिडेकाे हुंदा प्रशांसा भएकाे हाे । यस्ताे बेलामा कहां भाषण गरिरहनु जे गरे डाक्टर रिजालले ठिक गरे भन्दै अापसमा कुराकानी भएकाे बताईन्छ ।
यस अघि भारतीय मिडिया संग राष्ट्रियताा बारेमा दराे अडान राखेका कारण देश, बिदेशमा नेता डा रिजालकाे खुलेरै प्रशांसा भएकाे थियाे ।

तमू बौद्ध सेवा समिति नेपालले सोमबार अायाेजना गरेकाे कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेजर गुरुङ देश र जनताका लागि उदाहरणीय व्यक्तित्व भएको स्मरण गरे ।
सच्चा देशभक्त, बहुप्रतिभाका धनी मेजर गुरुङको राजनीतिक योगदानको सम्मान गर्दै सभापति देउवाले उहाँबाट सबैले सिक्नुपर्ने बताए ।
कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मेजर गुरुङ गण्डकी प्रदेश तथा भुतपुर्ब सैनिकहरुकाे अभिभावक रहेकै कारण कांग्रेसले अवसर दिएकाे बताएका थिए ।
कार्यक्रममा महामन्त्री डा. सशांक कोइराला, नेता प्रकाशमान सिंह लगायतले मेजर गुरुङको राजनीतिक तथा सामाजिक योगदानको स्मरण गरे ।

तमू बौद्ध सेवा समितिका सल्लाहकार तोरणबहादुर गुरुङले तमू बौद्ध सेवा समितिको स्थापनाका लागि मेजर गुरुङले पुर्याएको योगदानको उच्च कदर गरे । मेजर गुरुङ कहिल्यै नरिसाउने स्वभावको भएको भन्दै सल्लाहकार गुरुङले समाज सेवामा मेजर गुरुङको योगदान अतुलनीय रहेको स्पष्ट पारे ।

समितिका अध्यक्ष इ. ध्रुवबहादुर गुरुङले मेजर गुरुङले तमू बौद्ध स्थापनाका लागि पुर्याएको योगदानको चर्चा गरे । मेजर गुरुङको कुशल नेतृत्वका कारण तमू बौद्ध सेवा समितिले आजको दिन देख्न पाएको भन्दै मेजर गुरुङको योगदानलाई कहिल्यै भुल्न नसकिने बताए ।

कार्यक्रममा तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले मेजर गुरुङको योगदान र जीवनीबारे बोलेका थिए । न्यूप्लाजा टोल सुधार समितिका अध्यक्ष नारायण गुरुङले मेजर गुरुङले नै न्यूप्लाजाको नामाकरण गरेको स्मरण गरे ।

कार्यक्रममा मेजर गुरुङका छोरा राजकुमार गुरुङले आफ्नो बाबाले देखाएको सत्मार्गमा अविचलित अघि बढ्ने बताउँदै बाबाप्रति श्रद्धाञ्जलि अर्पण गर्ने र शोकाकूल परिवारमा समवेदना व्यक्त गर्ने सबैमा धन्यवाद ज्ञापन गरेकाे कुरा कार्यक्रममा सहभागी रहेका तरुण बिभागका केन्द्रिय सदस्य तथा युवा नेता लेख बहादुर गुरुङले युनाईटेड खबरलाई जानकारी दिएका छन् ।

Advertisment