लोकस्रष्टा शेरचनकाे ७४ औं जन्मजयन्ती यसरी मनाईयाे

पोखरा । १२ साउन
लोकस्रष्टा, साधक, शिल्पी कल्याण शेरचनको ७४ औं जन्मजयन्ती मनाइएको छ। कल्याण शेरचन स्मृति प्रतिष्ठानले सोमवार पोखरा १० रामघाटस्थित बौद्ध अर्घौ सदन गुम्बामा पुजा, दीप प्रज्वलनका साथै उहाँको स्मरण गर्दै जन्मजयन्ती मनाएको हो।

विगतका वर्षहरुमा विशेष कार्यक्रम गरी कहिले पोखरा, कहिलो काठमाण्डौमा लोकस्रष्टा शेरचनको साउनको १२ गते जन्मजयन्ती र माघ २४ गते स्मृति दिवस मनाउदै आएकोमा कोभिड १९ कोरोना भाइरसको महामारीका कारण प्रतिष्ठान परिवारले भौतिक दुरी कायम गर्दै गुम्बामा जन्मजयन्ती मनाएको हो।

लोकस्रष्टा कल्याण शेरचनको आत्मले शान्ति पाउन साथै उहाँको योगदानको संस्मरण गर्दै र कोरोनाका कारण मृत्यु भएकाहरुको आत्मले शान्ति एवम संक्रमितको शीघ्र स्वास्थ्यलाभ, संक्रमणबाट बचौं र बचाऔं भन्दै गुम्बामा जन्मजयन्ती मनाएको प्रतिष्ठानका अध्यक्ष क्या.पुर्णबहादुर ह्योल्मोले बताउनुभयो।

यसै बिच कोरोनाको कहर एवम लामो लकडाउनमा समस्यामा परेका विपन्न ४१ परिवारलाई कल्याण शेरचन स्मृति प्रतिष्ठानले करिब ९० हजारको राहत वितरण गरेको अध्यक्ष ह्योल्मोले जानकारी दिनुभयो।

Advertisment