कोरोना बारे तमु धिं नेपालको यस्तो आयो अपिल

पाेखरा । कोभिड १९ कोरोना भाइरसको संक्रमणले विश्व नै संकटग्रस्त भएकाे अवस्थामा तमु धिं नेपाल केन्द्रिय समितिले एक अपिल मार्फत सर्बसाधारणमा सचेत रहन अह्ववा्न गरेकाे छ । अपिलमा भनिएका छ विगत लकडाउनका बखत नियन्त्रण हुदै गए जस्तो देखिए पनि लकडाउन खुल्ला भए पश्चात फेरि नदेखिने शत्रु कोरोना भाइरसले सक्रृयता जनाएको छ।
संक्रमण संख्या र मृत्यु संख्या बृद्धि हुने मात्रै होइन पोखरामा कोभिड १९ समुदायस्तरमा प्रवेश गरिसकेकाले सतर्कता अप्नाउनु बुद्धिमत्ता हो। कोभिड १९ कोरोना भाइरसको कुनै उपचार नभएकाले आफै जोखिममा किन पर्ने ? हामी आफै सचेत बनौं।
नेपाल सरकार गृहमन्त्रालयले पनि विगतमा वितरण गरिएको सवारी पास पनि बन्द गर्ने वा अब सवारी पास वितरण नगर्ने अर्थात आवात जावातमा नियन्त्रण गर्नुपर्ने परिपत्र समेत गरिएकाले आफै बचौं, सकिन्छ अरुलाई पनि बचाऔं अपिलमा भनिएकाे छ ।

तमु धिं नेपालका अध्यक्ष कर्मा तमु र प्रचार प्रसार संयाेजक एबं उपाध्यक्ष हुम बहादुर तमुद्वारा जारी अपिलमा तमु लगायत विभिन्न जाति समुदायको संस्कार र सँस्कृतिगत कर्म, कार्यक्रमहरुमा पनि विशेष सर्तकता अपनाइदिनुहुन अनुरोध गरिएकाे छ ।
मृत सँस्कार(अन्त्येष्टि, अर्घौं), विबाह, विभिन्न पुजा आजा, भेला, बैठक, यसरी नै सपिङमल, बैंक लगायतमा भौतिक दुरी कायम गरी अनिवार्य उपस्थित हुनुपर्नेहरुको मात्रै उपस्थितिमा अर्थात सिमित संख्यामा विशेष सुरक्षा सावधानी अपनाइदिनु हुन अनुरोध गरेकाे छ ।

कोरोना समुदायमा प्रवेश गरिसकेकाले विशेषतः तमु समाजका अध्यक्षज्युहरु लगायत विभिन्न सामुदायिक संघ संस्था, टोलविकास संस्थाका अगुवाहरुले विशेष ध्यान दिनुहुन समेत अपिलमा उल्लेख गरिएकाे छ ।
बचौ, बचाऔं।

Advertisment