पाेखरामा ११ जना नयां संक्रमित थपिए, कुन वडामा कति

पाेखरा । पाेखरामा काेराेना भाइरसले समुदायस्तरमा फैलिसकेकाे अनुमान गरिएकाे छ । यसकारण पनि यतिखेर जनमानसमा भयकाे स्थिति पैदा भईरहेकाे छ । तर सरकारी पक्ष भने तत्काल त्यस्ताे अवस्था अाईनसकेकाे बताईरहंदा शनिबार बिहानै एकै दिनमा ११ जना काेराेना भाइरस संक्रमित थपिएका छन् ।

शनिबार विहान ३ जनामा काेराेना भाइरस पुष्टी भएकाे जानकारी दिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले साढे ११ बजे थप ८ जनाका काेराेना भाइरस पुष्टी भएकाे जानकारी दिएकाे छ ।

निर्देशनालयका अनुसार पोखरा महानगर पालिकाकाे वडा नम्बर १ मा २ पुरुष, वडा नं. १० का १८ वर्षीय १ जना पुरुषा, वडा नं. १४ मा २ पुरुष, वडा नं. १७ का १ जना पुरुष र वडा नं. २७ का २ जना पुरुषमा कोरोना पुष्टि गरेकाे हाे ।

यस अघि पाेखरा ८ का २ जना पुरुष र पाेखरा ५ का एक जना पुरुषमा काेराेना भाइरस संक्रमण भएकाे जनस्वास्थ्यले बिहानै पुष्टी गरिएकाे थियाे ।

Advertisment