पाेखरामा कर्फ्युकाे तयारी, साेमबार रातिदेखि लगाउन सिफारिस

पोखरा । पोखरा महानगरपालिकाका बिभिन्न वडाका टोल, टोलमा कोरोना भाईरस कोभिड (१९ देख्न थालिएपछि समुदायमा कोरोना संक्रमण फैलिएको आशंकामा
पोखरा महानगर भित्र १ हप्ताका लागि निषेधाज्ञा जारी गर्न महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिले जिल्ला सिसिएमसिमा सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको बैठकले १ हप्ता निषेधाज्ञा ९कर्फ्यु) जारी गर्न जिल्ला सिसिएमसिमा सिफारिस गर्ने निर्णय गरिएको मुल समितिका सदस्य तथा वडा नम्बर १६ का अध्यक्ष जीबन प्रसाद आचार्यले युनाईटेड खबरलाई जानकारी दिएका छन् ।

सोमबार राति १२ बजेबाट सुरु हुने निषेधाज्ञा भदौ ८ गते रातिसम्म जारी रहने गरि सिफारिस भएको छ अरु परिस्थिति हेरि अघि बढ्न सकिन्छ आचार्यले भने ।

मूल समितिमा छलफल गर्नुअघि आइतबार बिभिन्न राजनीतिक दलसँग पोखरा महानगरपालिकाले छलफल गरेको थियो ।
बैठकमा सहभागीले संक्रमण तीव्र फैलिरहेकाले १ हप्ता निषेधाज्ञा गर्न सुझाव दिएका थिए । बैठकमा नेकपा, कांग्रेस, राप्रपा, समाजबादी लगायतका दलका प्रतिनिधि सहभागी थिए । अब जिल्ला सिसिएमसिकाे निर्णय पछि कर्फ्यु लागु हुने भएकाे छ ।

यसैबिच आइतबारमात्रै पोखरामा २२ जनामा कोरोना पुष्टि भएको थियो । शनिबार पनि १२ संक्रमित भेटिएका थिए । पोखरामा सोमबार बिहानसम्ममा कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ ।

संक्रमितमध्ये १ सय २५ जना निको भएका छन् भने १ को मृत्यु भएको भईसकेको छ । लकडाउन खुल्नासाथ पोखरामा कोरोना संक्रमितको संख्या बढ्दो छ ।
तिज तथा अन्य चाडबाडको मुखमा मानिसहरुको चहलपहल बढिरहेका बेला कोरोना फैलनेक्रमले तिब्रता लिन थालेपछि स्थानिय निकाय तथा प्रशासन सशंकित हुन थालेको छ ।

Advertisment