बालिका बलात्कार आरोपी रेश बहादुर पक्राऊ

पाेखरा । पाेखरामा ९ बर्षे वालिकालाई जबर्जस्ती करणी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । बालिकालाई बिगत ४/५ महिना अगाडी देखी ललाई फकाई गरी यौन शोषण गर्दै आईरहेका जिल्ला कास्की पोखरा म.न.पा. वडा नं १० बस्ने वर्ष ५५ का रेश बहादुर गुरुङलाई मिति २०७७।०५।१४ गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा संग समन्वय गरी जिल्ला स्याङ्जा बिरुवा गाउँपालिका वडा नं ०८ टोड्के गाउंमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की पोखरा ल्याई उनलाई जबरजस्ती करणी मुद्धामा अनुसन्धान गरिरहेकाे कास्की प्रहरीले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएकाे छ ।
रेश बहादुर भारतिय भुपु सैनिक रहेकाे र उनी जिल्ला स्याङ्जा बिरुवा गाउँपालिका वडा नं ०७ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं १० मिलनचोक बसिरहेकाे कास्की प्रहरी प्रवक्ता एबं सुचना अधिकारी डिएसपि सुवास हमालले जानकारी दिएका छन् ।

Advertisment