डि आईजी केबि ब्रह्माचार्यको निर्देशनमा लागु औषध बरामद

बारा । प्रदेश नम्बर 2 का डिअाईजि केबि ब्रह्माचार्य को निर्देशनमा खटिएकाे टाेलिद्वारा बाराको कोल्बी नगरपालिका वडा नम्बर ९ बाट लागू औषध गाजा बोकेको नेपाली गाडी सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको टोलिले लागू औषध गाजाले भरिएको २४ पोका अन्दाजी १८० केजी गाजा र सोमा प्रयोग हुने नेपाली नम्बर प्लेट भएको गाडी बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीका प्रमुख डिआइजी कृष्णभक्त ब्रम्हचार्यले जानकारी दिनु भएको छ । यस बिषयमा डिआइजी ब्रम्हचार्यले सूचना आउनसाथ सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीबाट खटाइएको विशेष टोलिले गाडिलाइ पन्छ्याउदै जादा चालक फरार भएपनी लागू औषध बोकेको गाडी नियन्त्रणमा लिन सफल भएको बताए ।
उहाले करीब १ सय ८० किल्लोग्राम गाजा रहेको अनुमान गरिएको छ । नियन्त्रणमा लिएको गाडी १२ नम्बर गणमा थप अनुशधानको लागि राखेको छ ।

साभार – बिरगंज सन्देश दैनिक

Advertisment