शिशुवामा यसरी भयाे प्रसुती सेवा उपलब्ध

पाेखरा । पोखरा महानगरपालिका अन्र्तगत लेखनाथको शिशुवा अस्पतालमा बिहिबार पहिलो पटक सल्यक्रिया मार्फत प्रसुती सेवा उपलब्ध गराईएको छ । शिशुवा अस्पतालका प्रसुती रोग विशेषज्ञ डक्टर रुपेश सिंह बस्नेत नेतृत्वको चिकित्सकको टोलीले एक महिलाको सफल सल्यक्रिया गरेको हो ।
बारा जिल्लाको कोहल्बी नगरपालिका—८, नयाँबस्ती घर भै पोखराको शिशुवामा बस्दै आएकी एक युवतीको सफल सल्यक्रिया गरी प्रसुती गराईएको अस्पतालका मेडिकल सुपरिटेण्डेन प्रतिभा कोइरालाले जानकारी दिईन् ।
अस्पतालबाट यसअघि सामान्य सुत्केरी सेवा उपलब्ध हुँदै आएकोमा अव देखी शल्यक्रिया मार्फत पनि प्रसुती सेवा शुरु भएको कोइरालाले बताईन ।
लेखनाथ क्षेत्रका शल्यक्रिया मार्फत प्रसुती गराउन पोखरासम्मै जानुपर्ने बाध्यता हटेको बताउँदै, मेसु कोइरालाले अस्पतालका सेवाहरुलाई थप सुधार गरिदै लगिने समेत बताईन ।

तत्कालिन स्वास्थ्यमन्त्री खगराज अधिकारीको पहलमा प्रसुती सेवाका लागि आवश्यक पूर्वाधार तयार भएको उल्लेख गर्दै, मेसु कोइरालाले त्यसमा पोखरा महानगरका प्रमुख मानबहादुर जि.सि र उपप्रमुख मञ्जुदेवी गुरुङबाट थप सहयोग र हौसला प्रदान भएको बताईन ।

Advertisment