अमेरिकामा हेम्जाका बास्ताेलाकाे नाउंमा दिवस घाेषणा !

अमेरिका । सेप्टेम्बर ६,२०२० लाइ न्यूयोर्क स्थित Town of Oyster Bay द्वारा ‘विश्वराज बास्तोला दिवस’ घोषणा गरेको छ।

समुदायमा रहेका नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई निस्वार्थ रुपले सेवा गर्दै सामाजिक कामहरुमा निरन्तर क्रियाशील भै निभाउनु भएको उल्लेखनिय भूमिका र संयुक्तराज्य अमेरिका र नेपाली समुदायका नागरिक विच समन्वय गर्न विना थकान (Tireless) निस्वार्थ रुपमा कार्य गर्नु भएको भनि विश्वराज बास्तोलालाई वेयष्टर बे टाउन,न्यूयोर्कले उच्च सम्मान स्वरूप उहाँको नाममा दिवस घोषणा गरेको छ।

नेपाली कांग्रेसका संस्थापक नेता पूर्व प्रधानमन्त्री जननायक स्व.विपी कोईरालाको १०७ औ जन्म जयन्तीकोको अवसरमा नेपाली काँग्रेस को विदेश अमेरिकाको न्यूयोर्क स्थित संगठन नेपाली जनसंपर्क समिती लङग आईल्याण्ड शाखा द्वारा हिक्सभिलमा आयोजित रक्तदान कार्यक्रममै पूगेर वृहत समुदाय विच मेयरका प्रतिनिधि ले बास्तोलालाई सम्मान पत्र प्रदान गरेका हुन ।
ब्लड वैंकमा रगत को कमि हटाउन कोबिद 19 को महामारी विच आयोजित रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिस्ट, महासमिति सदस्य वेद प्रसाद खरेल, विश्व रक्तदाता अर्जुनप्रसाद मैनाली सहित विभिन्न समुदायका ८० जना महानुभावहरुले रक्तदान गर्नु भएको थियो ।
गत फेब्रुअरीमा पनि वास्तोला लाई न्युयोर्क राज्यको विधानसभा सदस्य माईकल मन्टेसानो ले सामाजिक अगुवा र मानव अधिकार रक्षक को रुपमा घोषणा गर्दै सम्मान गरेका थिए।
बास्तोलाका पाचैं जना परिवार सदस्यहरु रक्तदाता हुनुहुन्छ ,
उत्तर अमेरिका वसोवास गर्ने अधिकांश नेपाली समुदाय,संघ संस्था माझ लोकप्रिय कास्की हेम्जा स्थायी घर भएका वास्तोला विगत ९ वर्ष देखि अमेरिकाको न्यूयोर्क राज्यमा सपरिवार बस्दै आउनुभएको छ ।
नेपाली जनसंपर्क समिती लङगआईल्याण्ड शाखाको सभापति रहेका नेपाली कांग्रेसका यूवा नेता वास्तोला कास्की समाज अन्तर्राष्ट्रिय परिषद,हेमजा वेलफेयर सोसाइटी, नेपाली बहिरा कल्याणकारी समाज अमेरिकाको सल्लाहकार एवं गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाको केन्द्रिय सदस्य पनि हुनुहुन्छ।

Advertisment