कास्की प्रहरीले छाला सालकको खपेटा र आखेटोपहार सहित पक्राउ

पाेखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले एक प्रेस बिज्ञप्ती प्रकाशित गरि
बाघको छाला, सहित एकजनालाई पक्राउ गरेकाे जनाएकाे छ ।

अन्यत्रबाट कास्की जिल्ला भित्र बन्यजन्तुको आखेटोपहार अबैध ओसारपोसार तथा कारोवार हुँदैछ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहत ई.प्र.का. शिसुवा समेतबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मिति २०७७।०६।०६ गते अं.१८:३० बजेको समयमा पक्राउ गरेकाे हाे ।

पोखरा महानगरपालिका वडा नं.३१ बनपोखरी स्थितमा शिसुवाबाट बनपोखरी तर्फ जादै गरेको प्रदेश नं. ३-०२-०११ प ७८०६ नम्बरको मो.सा. चालक जिल्ला धादिङ गल्छी गाउँपालिका वडा नं.४ बस्ने बर्ष २८ को सन्तोष लामिछानेले मो.सा.को पछाडी जेब्रा झोलामा लुकाई छिपाई ल्याएको अबैध बाघको छाला – १ थान, सालकको खपेटा -१ थान, बन्यजन्तुको जस्तो देखिने हाड, खुट्टा तथा पंजा गरी अं.३ के.जी. ७५० ग्राम फेला पारी निजलाई बरामद सामान सहित नियन्त्रणमा लिई थप अनुसन्धान र आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय, कास्की पठाइएको पनि कास्की प्रहरीले जानकारी दिएकाे छ । यसरी पक्राउ परेका
पक्राउ व्यक्तिको विवरण :-
• नाम : सन्तोष लामिछाने
• उमेर : २८ वर्ष
• ठेगाना : जिल्ला धादिङ गल्छी गाउँपालिका वडा नं.०४
• पेशा :- अनलाईन सर्भिस

पक्राउ सामानको विवरण :-
• बाघको छाला – १ थान (लम्बाई ८ फिट, चौडाई ३ फिट)
• सालकको खपेटा – १ थान (लम्बाई २ फिट ५ ईन्च, चौडाई ११ ईन्च)
• बन्यजन्तुको (बाघ) जस्तो देखिने हाड खुट्टा तथा पंजा – अन्दाजी ३ के.जी. ७५० ग्राम रहेकाे प्रहरी प्रवक्ता / सुचना अधिकारी प्र.ना.उ. सुवास हमालले जानकारी दिएका छन ।

Advertisment