पोखरा जेसिजद्धारा विधालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

पोखरा १३ असोज । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सचेतना जगाउँदै पोखरा जेसिजले मणिज्योती आधारभुत विधालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

पोखरा महानगरपालिका १८ सराङकोट स्थित विधालयलाई माक्स, सेनिटाईजर लगायत स्वास्थ्य सामग्री सहित कोरोना भाइरसबाट जोगिने विषयमा सचेताना कार्यक्रम सम्पन्न गरेको छ । जेसिजले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कोरोना भाइरसको विधालय बन्द हुदाँ विधार्थीलाई निकै असर गरिरहेको र कोरोनालाई आत्मसाथ गर्दै जेसिजले शिक्षाको क्षेत्रमा सहयोग गरेको हो । जेसिजले आफ्नो स्थापनाकाल देखि नै विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आइरहेको छ । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका १८ का वडा अध्यक्ष रणबहादुर थापाले कोभिडको कारण विधार्थी र शिक्षक विच बढेको दुरीलाई चिर्नको लागी स्वास्थ्य सामग्री महत्वपुर्ण आधार रहेको औल्याए ।
विधालयमा सचेतनामा सिकाएका कुरालाई घरमा गएर समेत लागु गर्न थापाले अनुरोध गरे । संस्थाले अघि सारेको सप्ताह कार्यक्रमको सफलताको कामना गर्दै अध्यक्ष थापाले सुरक्षित भएर विधार्थीलाई पठनपाठन गराउनुपर्ने बताए । सोहि क्रममा बोल्दै पोखरा जेसिजका अध्यक्ष शिवप्रशाद सापकोटाले विधालय र जेसिजबिच गहिरो सम्बन्ध रहेको बताए । विधालयलाई आवश्यक अनुसार हरेक समयमा सहयोग गर्न जेसिज तयार रहेको उनको भनाइ छ । कोभिडको प्रतिकुल समयलाई समेत अनुकुलतामा ढाल्दै कार्य गर्नुपर्ने बताए । अनलाईन शिक्षा सबैको पहँुचमा नभएको बताउँदै उनले स्वास्थ्य सामग्रीको उचितम प्रयोग गरी अघि बढ्नुपर्ने धारणा राखे । सप्ताहव्यापी कार्यक्रमका संयोजक मिनराज खड्काले विधालयलाई सहयोग गर्नपाउँदा खुःसी लागेको बताए ।
कोरोनाको कारणले प्रभावित भएपनि बालबालिकालाई शिक्षाबाट बञ्चित गराउँन नहुने उनको भनाई छ । त्यसतै स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमकी संयोजक विनु श्रेष्ठले कोरोनाको कारणले बालबालिकामा नकरात्मक असर पर्न सक्ने बताउँदै उनीहरुलाई दैनिक रुपमै अध्ययन गराउन आग्रह गरिन ।
कार्यक्रममा विपना बास्तोलाले कोरोना भाइरसबाट जोगिन केके गर्नुपर्छ भन्नेबारेमा जानकारी दिइएकी थिईन् । उनले सावुनपानीले कसरी हात धुने, कस्ता व्यक्ति संग सम्पर्क गर्ने र सरसफाईमा कसरी ध्यान दिने भन्नेबारेमा बालबालिकालाई सिकाएकी थिईन । विधालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको भन्दै विधालय व्यवस्थापन समितीका अध्यक्ष चिन बहादुर बानियाँले धन्यवाद व्यक्त गरे ।

Advertisment