कांग्रेस डा.केसी काे पक्षमा, अनशन बसेको २२ औं दिनमा प्रवक्ता शर्मा सहित २२ जनाको २२ मिनेट धर्ना !

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले अनशनरत डा.गोविन्द केसीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै शिक्षण अस्पतालमा सांकेतिक धर्ना दिएको छ ।

चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि डा. केसीले अनशसन सुरु गरेको २२ औं दिनमा सोमबार कांग्रेस प्रवक्ता तथा विभाग संयोजक विश्वप्रकाश शर्माको नेतृत्वमा गएको २२ जनाको समूहले शिक्षण अस्पतालमा २२ मिनेट धर्ना दिएको हो ।

धर्नालगत्तै प्रवक्ता शर्माले डा. केसीसँग भेट गरेका छन् । उनले भेटका क्रममा डा. केसीका माग सम्बोधनका लागि सरकारलाई दबाब दिन कांग्रेस निरन्तर लागिरपरेको बताएका छन् ।

Advertisment