सांसद एबं उधोगी केसीको निधन, पाेखरा शाेकमय !

पाेखरा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबं अग्रज उद्योगपति तथा प्रतिनिधि सभाका सदस्य सूर्यबहादुर केसीको ९सिताराम केसी० निधन भएको छ । वहांको गएराती १०:३० बजेकाे समयमा चरक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उच्च रक्तचाप र मधुमेहबाट ग्रसित वहां केही समयदेखि अस्वस्थ रहनुभएको थियो ।
मधुमेह ९सुगर० एक्कासी घट्दा यस्तो दुखद घटना भएको हुनसक्ने परिवारको अनुमान रहेको छ ।

युवा अवस्थादेखि नै राजनीतिमा सकृय केसी राप्रपामा रहेर लामो समय राजनीति गर्नुभएको थियो ।
वहां पछिल्लो निर्वाचनमा नेपाली कांग्रेसमा प्रवेश गर्नुभई नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बन्नुभएको हो । तत्कालीन पोखरा नगरपञ्चायत प्रधानपञ्च भई पोखराको बिासमा महत्वपुर्ण योगदान दिनुभएकाे थियो ।

केसी कन्ट्रक्सन प्रालि बाट ब्यबसायी सुरु गर्नुभएको केसी हिमश्री फुड्स प्रालिद्वारा उत्पादित रारा तयारी चाउचाउ, बिभिन्न मेडिकल कलेज, होटल म्यानेजमेन्ट कलेज, माछापुच्छ्रे बैंक, बिभिन्न स्थानमा हाईड्रोपावर लगायत दर्जनौ बढी ब्यवसायिक संस्थामा आबद्व रअनुभएको छ ।

वहांको आजै सेती नदीमा अन्त्येष्टी गर्ने तयारी भइरहेको पारिवारिक श्रोतले जनाएको छ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा अन्त्यष्टीमा सहभागी हुन सक्ने बताईएपनि सभापति देउवा निकट स्रोतले भने उपसभापति, महामन्त्री वा कुनै केन्द्रिय प्रतिनिधि पठाउन लागेको युनाईटेड खबर लाई जानकारी प्राप्त भएको छ ।

Advertisment