पोखरा २४ कास्कीकाेटमा ने.क.पा का एक दर्जन नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

बाढी पहिरो पिडित वि.क.लाई नेपाली कांग्रेसको सहयोग

कास्की । पोखरा महानगरपालिका २४ खड्गगाँउमा नेकपा परित्याग गरि एक दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेकपाको नीति सिद्धान्त र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जाहेर गर्दै उनीहरुले कांग्रेस प्रवेश गरेका हुन् ।
पोखरा २४ खड्गगाँउको समाजघरमा शुक्रबार आयोजित पार्टी प्रवेश समारोहमा नेपाली कांग्रेसका पूर्व सह सचिव तथा वर्तमान जिल्ला सदस्य भरत बहादुर अधिकारी र वडा इकाई सभापती प्रताप बहादुर कार्कीले नवप्रवेशी नेता तथा कार्यकर्तालाई अबिर टिका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
लामो समय नेकपामा सक्रिय देविका भण्डारी सुवेदीको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ता नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा सुवेदी सहित एन्जिला गौतम सुवेदी, विष्णु वि.क, सन्तु वि.क, टंक बहादुर भुजेल, विशाल शर्मा दाहाल, कुशल दाहाल, विशाल दाहाल, कृष्ण सुवेदी, प्रतिक्षा हमाल र राजु दाहाल लगायतका सक्रिय नेता कार्यकर्ता रहनुभएको छ । उहाँहरु खड्गगाँउका कांग्रेस नेताहरु जिवनाथ दाहाल शर्मा र नरहरी दाहालको पहल र प्रयासमा पार्टी प्रवेश गरेको खड्गगाँउ टोल कार्य समितीका सभापती माधव दाहालले जानकारी दिनुभयो ।
नवप्रवेशी नेता कार्यकर्तालाई प्रमुख अतिथी भरत बहादुर अधिकारीले पार्टीको नीति, सिद्धान्त अनुसार सक्रिय भई कार्य गर्न आग्रह गर्नुभएको छ । भ्रष्ट सरकारको पछिल्लो गतिविधी आम सर्वसाधरणलाई मन नपरेको कारण धेरै जनताहरु कांग्रेस प्रवेशको तयारीमा रहेको हुनाले आफुहरुले पनि सोही अनुसार योजना बनाएर अगाडी बढेको उहाँले बताउनुभयो ।
नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नम्बर २४ इकाई सभापती प्रताप बहादुर कार्कीले नव प्रवेशीहरुलाई स्वागत गर्दै कोही कसैको डर धम्कीमा नपरी काम गर्न आग्रह गर्नुभयो । पार्टी प्रवेश गरेकाहरुलाई सबैलाई जिम्मेवारी दिएर अगाडी बढ्ने पनि बताउनुभयो । शुक्रबार नै खड्गगाँउमा नेपाली कांग्रेसको नयाँ सदस्यता पनि वितरण गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधी मनहरी सुवेदी, ट्रेड

यूनियन कास्कीका उप सभापती तथा वडा इकाई सल्लाहकार डिल्लीराम भट्टराई, वडा इकाईका पूर्व सभापती तथा वर्तमान सल्लाहकार माधव शर्मा दाहाल, कास्कीकोट पोखरा सम्पर्क समितीका सचिव केशव दवाडी, समाजसेवी लाल बहादुर भुजेल, खड्गगाँउ टोल कार्य समितीका सभापती माधव दाहाल लगाएतले बोल्नुभएको थियो ।
नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नम्बर २४ इकाई सभापती प्रताप बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गंगा गिरीले गर्नुभएको थियो भने स्वागत चन्द्रश्वर वस्ताकोटीले गर्नुभएको थियो ।
शुक्रबार नै पोखरा महानगरपालिका २४ का विष्णु बहादुर वि.कलाई आर्थिक सहयोग पनि गरिएको थियो । ने.वि संघका नेता पशुपती भट्टराईको पहलमा बाढी पहिरो पिडित वि.कलाई वडा कमिटी मार्फत नगद १० हजार सहयोग गरिएको थियो ।
पिडित वि.क.लाई नेपाली कांग्रेसका पूर्व सह सचिव तथा वर्तमान जिल्ला सदस्य भरत बहादुर अधिकारी र वडा इकाई सभापती प्रताव बहादुर कार्कीले रकम हस्तान्तरण गर्नुभएको हो । वि.क. को घर तथा आँगन गत असार २७ गते आएको बाढी पहिरोले क्षती भएको थियो ।

Advertisment