हिमालय माविमा लायन्स क्लव अफ पोखरा सोसाइटीकाे कपडा वितरण

पोखरा २० मंसिर । लायन्स क्लव अफ पोखरा गोल्डेन सोसाइटीको आयोजनामा पोखरा २० मौजामा रहेको हिमालय मा विमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण सहित वाल स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरभित्र रहेर पनि ग्रामिण भेगमा पर्ने मौजामा रहेको हिमालय माविमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी न्यानो कपडा सहित वाल स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले मौजाको हिमालय मा वि पोखरा महानगरपालिका भित्र रहेको ग्रामीण भेग भएको र त्यहां अध्ययनरत विद्यार्थीहरुलाई लायन्स क्लव अफ पोखरा गोल्डेन सोसाइटीले न्यानो कपडा वितरण संगै वालवालिकाहरुको स्वास्थ्यमा समेत चासो देखाउदै शिविरको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ब्यक्त गरे ।
लायन्स क्लवले जहा जे आवश्यक रहेको छ त्यस क्षेत्रमा काम गर्दै आइरहेको सन्दर्भमा आफ्नो ठाउमा आएर विद्यार्थीहरुलाई सहयोग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि आफ्नो वडा संग सहकार्य गरी अगाडी वढ्न आग्रह समेत गरे ।

सो अवसरमा वोल्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुम बहादुर गुरुङले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोको मौसममा न्यानो कपडा वितरण गरि विद्यार्थीहरुको स्वास्थ्यलाई मध्येनजर गरी स्वास्थ्य शिविर सञ्चालन गरेकोमा धन्यवाद ब्यक्त गरे ।
त्यस्तै लायन्स क्लव अफ पोखरा गोल्डेन सोसाइटीका जिएलटी कोअर्डिनेटर लायन किशोर बरालले लायन्स क्लवले दुर दराजमा रहेका वस्तीहरुमा आखा शिविर, बृहत स्वास्थ्य शिविर जस्ता सामाजिक काम गर्दै आइरहेको र हाल पोखरा नजिकै रहेको ग्रामीण भेगमा अवस्थित विद्यार्थीहरुलाई लक्षित गरी स्वास्थ्य शिविर र न्यानो कपडा वितरण गरिएको वताए ।

शनिवार आयोजित कार्यक्रममा हिमालय मा वि मौजाको आधारभुत तह कक्षा पांच सम्म अध्ययनरत २६ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण संगै, स्वास्थ्य जांच र सचेतनाका लागी हात धुने र ब्रस गर्ने बानी पार्नका लागी समेत सचेतनामुलक कार्यक्रम गरिएको लायन्स क्लव अफ पोखरा गोल्डेन सोसाइटीकी सभापति सविता आचार्यले जानकारी दिइन । उक्त कार्यक्रममा जोन चियर पर्सन निर्मला आचार्यले स्वागत मन्तब्य राखेकी थिइनभने भलाम स्वास्थ्य चौकीका स्वास्थ्य सहायक विष्णुराज घिमिरेले विद्यार्थीहरुको स्वास्थ्य जांच गरेका थिए ।

Advertisment