सरकार बिपदमा पनि भ्रष्ट्रचार गर्न लाग्याे – कृष्ण केसी

लकडाउन अवधिको तत्काल भुक्तानी गर्न माग
कमल पौडेल अथक
पोखरा २३, मंसिर
लकडाउन अवधिको श्रमिकको पारिश्रमिक तत्काल भुक्तानी गर्न एक कार्यक्रमका वक्ताले रोजगारदाता निकायलाई आग्रह गरेका छन् ।
संयुक्त टे«ड युनियन समन्वय केन्द्र गण्डकी प्रदेशद्धारा मंगलवार पोखरामा आयोजित सामाजिक सुरक्षाका विषयमा रोजगारदाता, ट्रेड युनियन प्रतिनिधि र रोजगारदाता सरकारका प्रतिनिधि बीच भएको छलफल कार्यक्रमका वक्ताले सो कुरा वताएका हुन् ।
सो अवसरमा वोल्दै उनीहरुले सामाजिक सुरक्षा ऐन अनुसार लकडाउनमा काममा लगाइएका श्रमिकहरुको पूरै तलव र घर बसालेका श्रमिकहरुको आधा तलव भुक्तानी गर्नु पर्ने वताए ।
उनीहरुले लकडाउनको अवधिमा राज्यले तोकेको सेवा सुविधा प्राप्त गर्नवाट श्रमिकहरु बञ्चित भएको वताउँदै उनीहरुको समस्याको वारेमा स्वयं रोजगारदाताले ख्याल गर्नु पर्ने वताए । कुनै पनि निकायका श्रमिकहरु त्यहाँका भगवान भएको वताउँदै उनीहरुले श्रमको इज्जत नगर्ने प्रतिष्ठानहरु स्वतः धराशाही हुने वताए । विशेष गरी होटल, यातायात र पर्यटन क्षेत्रमा कोरोनाको प्रभाव परेको वताउँदै उनीहरुले यी क्षेत्रका मजदूरमा झन् बढी समस्या रहेको वताए ।
कतिपय निजी विद्यालयहरुले अनलाइन कक्षा संञ्चालन गरेको वहानामा अबिभावक सँग चर्को शुल्क असुलेको तर त्यहाँ कार्यरत शिक्षक कर्मचारीको तलव भुक्तानी नगरेको उनीहरुले गुनासो गरे । कक्षा संञ्चालन गराएका शिक्षकको पूरा पारिश्रमिक भुक्तानी गर्ने र जगेडामा घरै वसेका कर्मचारीको पचास प्रतिशत तलव भुक्तानी तत्काल गर्न पनि विद्यालयहरुलाई सहभागीहरुले आग्रह गरे ।
सो अवसरमा वोल्दै नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले सरकारले प्राथमिकता युक्त योजना चयन गर्न नसकेको वताए । हरेक विपद्लाई भ्रष्टाचारको अखडा वनाउने नियत नै सरकारमा रहेको उनले आरोप लगाए । सरकारले मजदुरीलाई प्राथमिकतामा नपारी उही दलाल सामन्तको पक्ष पोषण गरेको केसीले वताए ।
नेकपा कास्कीका सचिव वखानसिंह तमुले सरकारको कानून कार्यान्वयनमा समस्या हुँदा श्रमिकका समस्या ओझेलमा परेको वताए । उनले मजदूरका वारेमा रोजगारदाताले नसोचे कसले सोच्ने भन्दै तत्काल भुक्तानी दिन आग्रह गरे ।
संयुक्त टे«ड युनियन समन्वय केन्द्र गण्डकी प्रदेशका संयोजक मुरारी शर्माको अध्यक्षतामा भएको कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, जीफण्ट गण्डकीका अध्यक्ष रुद्र खत्री, अन्टुफका अध्यक्ष रुद्र गौतम, व्यवसायी महाप्रसाद सुवेदी,हानका प्रतिनिधि लक्ष्मन सुबेदी, श्रमकार्यालय पोखराका प्रतिनिधि छन्दनारायण श्रेष्ठ लगायतले बोलेका थिए ।

Advertisment