पोखरा । नेपाली कांग्रेस बाग्लुङका नेता, नेपाल भुतपुर्ब सैनिक संघका केन्द्रिय सदस्य मेख बहादुर छन्त्यालको गत शनिबार पोखरा महानगरपालिका वडा नं १५ नयांगांउ स्थित आफ्नै निवासमा निधन हुनुभएको छ ।
हुग्दिशिर गाउंपालिका वडा नं २ का निर्वाचित वडा सदस्य समेत रहनुभएको थियो । बाग्लुङ पोखरा मगर समाजका निबर्तमान अध्यक्ष,,नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि साथै समाजसेवाको माध्यम बाट समाजमा उल्लेखनीय योगदान पुरयाउनुभएका छन्त्यालको असामयिक निधनको खबरले नेपाली कांग्रेसलाई ठुलो क्षति भएको कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले बताउनुभएको छ ।
उहांको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछु साथै यस दुखद क्षणमा मर्माहत परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् हार्दिक समबेदना प्रकट गर्दछु प्रवक्ता शर्माले शोक प्रकट गर्दै १३औं महाधिवेशन सम्पन्न गर्न भुतपुर्ब सैनिक संघको तर्फबाट स्वयंसेवक भई वहांले महत्वपुर्ण योगदान दिनुभएकाे समेत उल्लेख गर्नुभएको छ ।
६९ बर्षिया स्वर्गरोहण हुनुभएका मेख बहादुर छन्त्याल अवकाश प्राप्त भारतीय भुतपुर्ब सैनिक हुनुहुन्थ्यो । वहांका तीन छोराहरु सञ्चारकर्मी श्रीप्रसाद, बेलायती सेनामा कार्यरत राेशन, हेमु र एक श्रीमती रहनुभएको छ ।
भुतपुर्ब सैनिक संघका केन्द्रिय सदस्य छन्त्यालको निधन, कांग्रेस प्रवक्ता बाट शाेक ब्यक्त
December 12, 2020
382

Advertisment