याे साल कुन ल्हाे (बर्गकाे कस्ताे छ ग्रह ! हेरकाेर पछि शिर लामाकाे यस्ताे छ निष्कर्ष

सम्पूर्ण देश तथा बिदेशमा रहनुहुने धर्म प्रेमी एवं शान्ति प्रेमी महानुभवहरुमा तमु हरुको महान पर्व पुषे पन्द्र तमु ल्होछारको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना!

बौद्ध ज्योतिष अनुसार यस बर्ष फलाम तत्व स्त्री गाई बर्ग (ल्वों ल्हो) बर्षको संक्षिप्त बर्गफल :-

१) यस बर्ष गाई बर्ग (ल्वों ल्हो) हरुको बर्ग चल्ने भएको हुँदा गाई बर्गहरु सबैलाई ल्हो काग् अर्थात सबै भन्द बाधक बर्ग मानिन्छ। त्यसैले यो बर्ष गाई बर्ग (ल्वों ल्हो) हरुले नयाँ घर बनाउने, विवाह गर्ने, जग्गा जमिन किनबेच, गरगहना किनबेच, मोटर गाडी किनबेच जस्तो महत्वपूर्ण कार्यहरु गर्न फाप्दैन। ग्रह शान्तिको लागी आयुको पाठ पुजा (छेखुग्) गरि माछा परेवा आदी जिबन दान (छेथर) गरेमा राम्रो हुनेछ। छेवाङ् (आयु अभिषेक) ग्रहण गर्नु। सके ह्युमपती (बुम) पाठ प्रज्ञापारमिता सुत्र बाचन नसके ञिठी या ग्येतोङ्पा पाठ बाचन गर्ने र ग्यानाग् काग्दोग् अर्थात बर्ग चलेको बेला बाधा बिध्न पन्छाउने पाठ गरि ल्हो कागको जन्तर (बुट्टी) लगाउनु र लुङ्ता (ध्वजा) टाँसेर ग्रह शान्ति गर्नु होला।

२) भेडा बर्ग (ल्हु ल्हो) हरुलाई दुन्सुर आर्थात साढे सातको ग्रह लाग्ने भएको हुँदा यो ग्रहले शत्रु, भय, डाह, ईर्ष्य,ईत्यादी उत्पन्न गराउँदछ। झै-झगडा गर्ने ठाँउ हरुमा नजानु। खानपानमा जोगीनु। बिवाह नर्गनु होला ग्रह शान्तिको लागी दोमाङ् पाठ बाचन गराउनु ,अथाव तोग्सुङ् पाठ बाचन गराउनु होला ग्याल्छेन चेमो पाठ गरि डाल्ह साङ् पुजा गरि जन्तर (बुट्टी) लगाउनु र लुङ्ता टाँसेर ग्रह शान्ति गर्नुहोला।

३) सर्प बर्ग र चरा बर्ग (सप्री ल्हो र च्यह ल्हो) हरु सबैलाई थुन्सुम ग्रह लाग्नेछ ङ थ्युईसुँ र कु थ्युईसुँ पाँच र नौ को शनि ग्रह लाग्नेछ। साथीको संगतमा जोगीनु, पैसाको कारोबारमा छिट्टो बिश्वास नगर्नु, मृतक र बिमारीको छेउमा नजानु होला। ग्रह शान्तिको लागी ग्यप्शी (त्हें) पुजा गर्नु डाल्हा साङ् पुजा गरि लुङ्ता टाँस्नु र जन्तर (बुट्टी) लगाउनु होला।

४) गरुड बर्ग र कुकुर बर्ग (मुप्री ल्हो र खि ल्हो) हरुलाई श्यीस्ये ग्रह लाग्ने हुँदा सह र सातो कम्जोर हुन्छ ब्यापार गर्न फाप्दैन, महङ्गो बस्तूहरु किनबेच गर्न फाप्दैन ग्रह शान्तिको लागी दोमाङ् पाठ बाचन गर्ने, डोल्म (तारा देवी) पुजा, धर्मपाल (महाकाला) पुजा गर्नु, कुबेरको पुजा (याङ्खुग) गर्नु होला लुङ्ता टाँसेर जन्तर (बुट्टी) लगाउनु होला।

५) यस बर्ष सबै भन्दा राम्रो मणि लक्षण बोकेको सगूण बर्ग बिरालो बर्ग र सुँगुर/मृग बर्ग (ह्यी ल्हो र फो ल्हो) परेको हुँदा उमेर पुगेको छोरा छोरीहरु बिवाह गर्ने गराउने संयोग जुरेमा गराउदा राम्रो हुनेछ। यी दुई वटा बिरालो/खरायो र मृग/सुँगुर बर्गहरु सोंक्ये (साहीत)परेको हुँदा जस्तै:- घर जग हाल्ने, छेवर गर्दा कपाल काट्ने, खेतमा बिउ राख्ने, Bसाहीतमा अगाडी हिँडाउने, नानीहरुको भात खुलाउने ईत्यदी शुभकार्य हरु यी दुई बर्गहरुको हात बाट गराउदा धेरै राम्रो र शुभ हुनेछ।

अन्य – बाघ, बाँदर, मुसा र घोडा बर्गहरु माथी उल्लेखित कुनै पनि नराम्रो ग्रहहरुले नछोएको हुँदा राम्रै भएको जानकारी गराउंदछु ।
खेन्पो शिर लामा गुरुङ(थुब्तेन येशे)
प्रमुख लामा,
बौद्ध अर्घौ सदन पोखरा

Advertisment