तमु धिं ले बनायाे बिभागिय प्रमुख, कसलाई कुन जिम्मेवारी हेर्नुस सुची सहित

पाेखरा । तमु धिं नेपालकाे पहिलो पुर्ण बैठकले पदाधिकारी, केन्द्रिय सदस्यहरु लगायतलाई विभागिय जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।
जसानुसार समग्रता नेतृत्व अध्यक्ष नै गर्ने भए पनि अध्यक्ष हुमबहादुर तमुलाई तमु एकता र अनुशासन विभागको विशेष जिम्मेवारी, वरिष्ठ उपाध्यक्ष सु.मे.श्रीप्रसाद तमुलाई कार्यालय र भुपू सैनिक विभागकाे जिम्मेवारी दिईएकाे छ ।

त्यसैगरि उपाध्यक्ष गीमाया तमुलाई संघ संस्था समन्वय र अतिथि सत्कार विभाग, द्धितिय उपाध्यक्षलाई उद्योग, व्यपार, व्यवसाय विभाग, महासचिव अधिवक्ता जुनाकुमारी तमुलाई संगठन, प्रशिक्षण र कानुन विभाग, सचिव जुमबहादुर तमुलाई प्रकाशन र प्रसासन विभाग, सहसचिव मेनकाजी तमुलाई साँस्कृतिक र राज्य समन्वय विभाग, कोषाध्यक्ष गमबहादुर तमुलाई आर्थिक र योजना विभाग र सहकोषाध्यक्ष सु.तुलबहादुर तमुलाई व्यवस्थापन विभागको संयोजकसहितको जिम्मेवारी दिइएको छ।

यस्तै गरी कार्यकसमिति सदस्य गोपाल तमुलाई निर्माण र शान्ति सुरक्षा, कौशिला तमुलाई महिला विभाग, कृष्णकुमार तमुलाई भाषा र साहित्य, शशीकुमार तमुलाई अतिरिक्त क्रियाकलाप, श्रीजंग तमुलाई शैक्षिक, शान्ति तमुलाई पर्यटन विभाग, सुरेन्द्र तमुलाई प्रचार प्रसार विभाग, विना तमुलाई विदेश विभाग, प्रेमबहादुर तमुलाई सरसफाई र मर्मत संभार र बालकुमारी तमुलाई मञ्च व्यवस्थापन संयोजकको जिम्मेवारी तोकिएको छ ।

यस्तै गरी प्राविधीक विभागकोे संयोजकमा इञ्जिनियर किसानसिंह तमु, स्वास्थ्य विभाग संयोजकमा डा.नरेन्द्र विक्रम तमु, सहसंयोजकमा मिनबहादुर तमु(हिमाली), खेलकुद विभाग संयोजक गजबहादुर तमु, सहसंयोजक बालकुमारी तमु(मिलीजुली विजयपुर), युवा संयोजक रमेश तमु, मानार्थ सहसंयोजक बिग्नेश थापा, विद्यार्थी संयोजक जीवन तमु, आमा समिति पञ्चकुमारी तमु, कला संयोजक बुद्धि तमु, धार्मिक लामा संयोजक गोपाल तमु, खेगी संयोजक तमु प्ये ल्हु संघ केन्द्रिय समितिको सिफारिस अनुसार, विदेश विभाग सहसंयोजक महेन्द्र तमु, व्यवस्थापन विभाग सहसंयोजक मिनप्रसाद तमु(सोंपाल), महिला विभाग सहसंयोजक धनमाया तमु(फुलवारी)लाई जिम्मेवारी प्रदान गरिएको अध्यक्ष हुमबहादुर तमुले जानकारी दिए। उनका अनुसार विभागिय कार्य प्रभावकारी ढंगले सम्पादनका लागि विभागिय प्रमुखले ७ सदस्य सम्म रहने गरी क्रियाशिल समिति गठन गर्न सक्ने बताए।

Advertisment