संसद विघटन अस्विकार गर्ने सभामुख सापकोटाको संकेत

काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको विघटन नमान्ने संकेत दिएका छन् । बुधवार साँझ प्रेस विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने संवैधानिक व्यवस्था भएको जनाएका छन् ।

‘संविधानको धारा ७६ मा प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ ।’ बुधवार जारी विज्ञप्तीमा भनिएको छ । सभामुख सापकोटाले संविधानको रक्षार्थ राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता बढेर गएको बताएका छन् ।

Advertisment