बरिष्ठ नेता पाैडेलकाे बक्तब्य : जनप्रदर्शन गर्ने सर्वसम्मत निर्णय

पाेखरा । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पाैडेलले एक बक्तब्य प्रकाशित गर्दै प्रधानमन्त्री श्री के.पी शर्मा ओलीको संविधानवाद र लोकतन्त्र उपर विश्वास नरहेको बताएका छन ।

नेता पाैडेलले प्रधानमन्त्री ओलीलाई अगाडी भनेका छन उहाँले हालै लगातार चालेका तीनोटै कदम संविधानको मर्म र भावना विपरीत छन् । अध्यादेशद्धारा संवैधानिक परिषदको ऐन संशोधन गरेर कार्यकारिणीलाई स्वेच्छाचारी बन्न रोक्नुपर्ने आयोगहरु आफू अनुकूल बनाउने लुकिचोरी काम गर्नुभयो नेता पाैडेलले भनेका छन । ।
संविधानले बहुमतको प्रधानमन्त्रीलाई दिदै नदिएको अधिकार प्रयोग गरेर लोकतन्त्रको आत्मामा प्रहार गर्नुभयो । हिजो फेरी कामचलाउ मन्त्रीमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उल्लघन गर्नुभयो ।
अव हामीलाई उहाँले देशमा सहिसलामत चुनाव गराउनु हुन्छ भन्ने पनि विश्वास छैन । वरु न्यायमूर्तिहरुबाट असंवैधानिक कदमलाई सच्चाई लोकतन्त्रको जगेर्ना हुनेछ भन्ने विश्वास गर्दछु ।

अतः नेपाली कांग्रेसले यो कदम सच्चियोस भनेर देशभरि जनप्रदर्शन गर्ने सर्वसम्मत निर्णय गरेको छ। सम्पूर्ण साथिहरुलाई उत्साहजनक सहभागिताको लागि अनुरोध गर्दछु पाैडेलकाे बक्तब्यमा उल्लेख छ । सभापति शेर बहादुर देउवा र पाैडेलकाे संगै तस्बिर रहेकाे बक्तब्य वहांकाे सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएकाे छ ।

Advertisment