प्रचण्ड-माधवको स्थायी कमिटी बैठक, कार्की ब्याङ्क्वेटमा ओली समूहको भेला

काठमाडौं । सत्तारुढ दल नेकपामा राजनीतिक विभाजन भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली समूह तथा पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको अलग समूह बनेका छन् । दुबै समूहले आफू आधिकारिक भएको भन्दै समूहगत बैठक, भेला गरिरहेका छन् ।

यसैबीच, आज नेकपाको प्रचण्ड-माधव समूहले १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा आफ्नो समूहको स्थायी समिति बैठक बोलाएको छ । सोही समयमा ओली समूहले सुदूरपश्चिम प्रदेशको नेता तथा कार्यकर्ता भेला राखेको छ ।

नेकपामा विभाजन आएपछि पहिलोपटक प्रधानमन्त्री ओली पार्टीको कार्यक्रमका लागि बालुवाटार बाहिर निस्कन लागेका हुन् । उनले यसअघि प्रचण्ड-माधव समूहले कार्यक्रम गरेको बबरमहलस्थित कार्की ब्याङ्क्वेट हलमा नै हुने कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।

Advertisment