पारस शाहले जाडाेमा वितरण गरे ज्याकेट

पाेखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित मियाँ पाटनमा रहेका गरिब तथा निमुखा बालबालिका लाई पुर्ब युवराज पारस बिक्रम शाहले जाडाेका लागि न्यानाे कपडा बितरण गरेका छन ।
मियांपाटनमा रहेका मुस्लिम समुदाय तथा अन्य बाल बालिकालाई पाेखरा महानगरपालिकाका पुर्ब बाेर्ड सदस्य एबं स्थानिय समाजसेवी गाेपाल गुरुङकाे संयाेजनमा कपडा र ज्याकेट बांडेकाे हाे ।
कार्यक्रममा पारस बिक्रम शाहले ज्याकेट र न्यानाे कपडा बितररण गरिबक्सेकाे हाे कार्यक्रमका सञ्चालक बिश्वराज पाैडेलले युनाईटेड खबरलाई जानकारी दिएका छन ।

केही दिन अघि जन्मदिन मनाएका पारस शाह लामाे समयदेखि पाेखरा बसिरहेका छन । तर राजाबादीहरुकाे राजा अाउ देश बचाउ भनी जुलुस निकाल्न थालेकाे खबर पाए संगै चितवन हानिएका शाह अहिले फेरि पाेखरा फर्किएका छन् ।

Advertisment