पोखरा विश्वविद्यालयमा धमाधम नियूक्ति

लेखनाथ पुस २७
पोखरा विश्वविद्यालयमा विभिन्न पदहरुमा धमाधम नियूक्ति हुन थालेको छ । प्रा.डा. प्रेम नारायण अर्याल उप कुलपति भएर आएपछि पनि रजिष्टार लगायतका पदमा नियूक्ति हुन नसकेपछि उप–कुलपति अर्याल ले ३ महिनाको लागी आफ्नो अधिकार प्रयोग गरि विभिन्न पदहरुमा वरिष्ठताको आधारमा नियूक्ति गरेकाे दाबी गरेका छन ।

समयमा हुनुपर्ने नियूक्ती हुन नसक्दा विश्विद्यालयको परिक्षामा नै असर पर्ने भएपछि उप कुलपति अर्यालले मानविकि संकायको डिनमा अजय थापा, स्कुल अफ ईञ्जिनियरिङको डिनमा राजेश ठगुराठी, स्कुल अफ हेल्थ एण्ड एलाइण्ड साईन्सको डिनमा निर्मला जमरकटृेललाई नियुक्त गरेका छन भने ३ जना निर्देशकको समेत नियूक्ति गरेका छन ।

राजनितिक रुपमा भागवण्डाको आधारमा हुनुपर्ने नियूक्ती कुलपति रहेका प्रधानमन्त्रीबाट हुन नसक्दा विश्वविद्यालयका गतिविधिहरुमा प्रभाव परेको बताईन्छ । पुर्णकाालीन रजिष्टारको नियूक्ती हुन नसकेकोमा उप–कुलपति अर्यालले चिन्ता व्यक्त गर्दै यथाशिघ्र रजिष्टार नियूक्तिका लागी पहल भईरहेको वताए ।

उनले नियूक्ती गरेका पदहरुमा राजनितिक आस्था राखी काँग्रेसीकरण गर्न खोजेको भन्दै नेकपा निकट प्राध्यापक , विद्यार्थी संघ संगठनहरुले विरोधका कार्यक्रमहरु गर्दै आएका छन ।

Advertisment