अब एबिसि जान पिसिआर रिपोर्ट नचाहिने

माघ ८ पोखरा,

विश्वकै चर्चित पदमार्ग (एबिसि) जान पिसिआर रिपोर्ट नचाहिने भएको छ ।

छोम्रोङ पर्यटन व्यवसायी समितिको मंगलबार बसेको बैठकले पदयात्रीको लागि पिसिआर रिपोर्ट नचाहिने निर्णय गरेकोे छ । समितिका अनुसार कोरोना संक्रमणको दर घट्दै गएको र जन जीवन सामान्य अवस्थामा पर्किदै गरेकाले पनि पिसिआर रिपोर्ट अनिवार्य नठानेर यस्तो निर्णय लिइएको हो । ‘हामीले केही समय अघि पाहुनाका लागि होटलहरु खुला राखे पनि कोरोना रिपोर्ट बोकेर मात्रै आउनुपर्ने भनेका थियौं,’ समितिका सचिव दिलिप गुरुङले भने, ‘अब कोरोना संक्रमण पनि घट्दै गई रहेको र जन जीवन पनि सामान्य अवस्थामा फर्किर्दै गई रहेको छ । पिसिआर रिपोर्ट अलि झन्झटिलो भयो भन्ने ठानेर समितिले यस्तो निर्णय लिएको छ ।’

एबिसी आउने पदयात्रीलाई स्वास्थ्य अवस्था मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाएर मात्रै आउन उनको सुझाव छ । अहिले देउरालीसम्म होटलहरु पूर्ण रुपमा खुलेका छन् । देउरालीबाट माछापुछ्रे २ घण्टामा पुग्न सकिन्छ । माछापुछ्रेबाट अन्नपूर्ण साढे घण्टामा पुगेर देउरालीमा बास बस्ने गरि फर्किन सकिन्छ । यही हप्ता भित्रमा माछापुछ्रे र अन्नपूर्ण बेसक्याम्पमा पनि होटलहरु खुला हुने छन् । फागुनबाट कामदार आई सकेपछि एबिसी पूर्ण रुपमा खुल्ने छ । तर, देउरालीमा बसेर सहज रुपमा अन्नपूर्ण बेसक्याम्प पुगेर देउरालीमा बास बस्ने गरि फर्किन सकिन्छ । यसको लागि लोकल गाइडको पनि व्यवस्था गरिएको छ ।

Advertisment