लियो क्लब अफ हेमजा ७ औ वर्षमा प्रवेश

निराजन अधिकारी

हेमजा, । लियो क्लब अफ हेमजाले आज पोखरा २५ हेमजा स्थित लामपाटामा रहेको मानव सेवा आश्रममा खाद्यन्न, फलफुल साथै जिन्सी सामान वितरण गरी आफ्नो छैँठौँ स्थापना दिवस मनाएको हो ।

सन् २०१५ मा पूर्व अध्क्षय सुर्य राज त्रिपाठीको अध्यक्षतामा गठित लियो क्लब उफ हेमजाले आज बाट छैँठौँ बर्ष पार गरेको छ । लियो क्लब अफ हेमजाको प्रथम उपाध्यक्ष सविना तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मानव सेवा आश्रम अभिभाबक समिति संयोजक मदन थापाले सहयोगको लागि बिशेष धन्यवाद ब्यक्त गरेका थिए ।

कार्यक्रममा सामाजिक अभियन्ता किष्ण पौडेल , आश्रम निर्माण समितका कोषाध्यक्ष दुर्गा प्रसाद तिमिल्सिना , आश्रम ब्यवास्थापन सदस्य पार्बति गौतम लगायतले बेलेका यिए । कार्यक्रममा क्लबका सह सचिब कपिल राज दाहाल , सदस्य बिजया त्रिपाठी ,छितिज कार्की लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम सफल पार्न पोखरा -२५ , हेमजा सुईखेत घरभई हाल जापान निवासी प्रेम दाहाल , शुशिल आचार्य दाहाल, नबराज पौडेल , सन्तोष जि.सी लगायतको थप सहयोग रहेको थियो ।
उक्त कार्यक्रममा सदस्य सपना तिमिल्सिनाले धोजाको अभिबादन र श्रुति बास्तोलाले लियो पिलिज बाचन गरेका थिए । स्वगत कोषाध्यक्ष अमृता थापाले र सञ्चालन सचिब एवम् कार्यक्रम संयोजक निराजन अधिकारीले गरेका थिए

Advertisment