लेकसाइडमा आगोलागी

पोखरा । पोखराको लेकसाइडमा आगलागी भएको छ । मिति २०७७।११।२९ गते, अन्दाजी ११ बजेको समयमा पोखरा
महानगरपालिका ( ६ बैदाम नुलथोक स्थित मुक्ती पहारीको ढुङ्गा माटोले बनेको टिनको छानो भएको हार्डवयर स्टोर्समा लाईन सट हुन गई आगलागी भएको समाचार छ । सुचना प्राप्त हुना साथ प्रहरी टोलि खटि गई दमकल र स्थानियको
सहयोगमा आगो नियन्त्रणमा लिएको कास्की प्रहरीको बुलेटिनमा उल्लेख गरिएको छ । आगोलागीबाट हार्डवयरको सामान,टिभी,पलङ खाट,५ तोला चाँदी,आधा तोला सुन लत्ता कपडा पुर्ण रुपमा क्षती भएको तर मानबिय तथा पशु चौपाया बाट बच्न सफल भएको प्रहरीकोले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको समेत कास्की प्रहरीले जानकारी दिएको छ ।

Advertisment