कार्कीनेटा सम्पर्क समाजको बनभोज कार्यक्रम

पोखरा । कार्कीनेटा सम्पर्क समाज पोखराले पोखरा–११, काहुँडाँडामा शनिबार बनभोज कार्यक्रम गरेको छ।

सम्पर्क समाजले हरेक वर्ष गर्दै आएको बनभोज कार्यक्रमलाई यसपाली पनि निरन्तरता दिँदै कार्यक्रम गरिएको समाजका अध्यक्ष रामचन्द्र शर्माले बताए।

कार्यक्रममा समाजका सल्लाहकार इन्द्रप्रसाद शर्माले जन्मघर कार्कीनेटा छोडी कर्मथलो पोखरा बनाइ बसेका सम्पूर्णलाई एकजुट बनाउन समाजले सहयोग गरेको बताए। “मर्दा र पर्दा भनेजस्तै जब समस्या पर्छ अनि आफ्न्त इष्टमित्र, छरछिमेकको आवश्यक पर्छ, तिनै समस्यासँग जुध्नको लागि समाज चाहिन्छ। अप्ठेरो समयमा एकजुट भई एकको बोझलाई सबैले हातेमालो गर्दै अगाडि बढ्न समाजले प्रेरणा दिएको छ।” शर्माले भने।

त्यसैगरी समाजका सल्लाहकार उषा शर्माले कार्कीनेटा सम्पर्क समाज स्थापना भएलगतै आफू अत्यन्तै खुसी भएको बताउँदै अहिलेको समयसम्म आइपुग्दा समाजले धेरै राम्रो काम गरेको बताइन्।

कार्यक्रम संयोजक दुर्गा कुमारी बराल शर्माले उक्त कार्यक्रममा बोल्दै बनभोजलाई सम्पन्न गर्नको लागि सहयोग गर्नुहुने सम्पूर्णमा कृतज्ञता ज्ञापन गरेकी थिइन्। “कार्यक्रमले कार्कीनेटाबाट पोखराआई स्थायी तथा अस्थायीरुपमा बसोवास गर्नुहुने पोखरावासीहरुलाई एकैठाउँमा उभ्याई माया साटासाट गरि आत्मीयता बढाएको छ।” उनले भनिन्।

त्यसैगरी कार्यक्रम सह–संयोजक भरत पौडेलले बनभोजमा सहभागीहरुप्रति धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि मन, बचन र कर्मले समाजलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

रमाइलो बनभोज कार्यक्रमलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्नको लागि सांस्कृतिक कार्यक्रमका साथै नृत्य प्रतियोगिता समेत भएको थियो।

नृत्य प्रतियोगितामा लक्ष्मी शर्मा सापकोटा प्रथम, मुना सापकोटा द्वितीय, सीता शर्मा तृतीय, जेनिशा पौडेल र करिस्मा शर्मा सान्त्वना भएका थिए। उनिहरुलाई नगद पुरस्कारले सम्मान गरिएको थियो।

नृत्य प्रतियोगितामा छनौट समिति संयोजक केशव घिमिरे, सदस्यहरुमा सिता शर्मा र विनोद पौडेल रहेका थिए।

नृत्य प्रतियोगिता संयोजक घिमिरेले कार्यक्रममा बोल्दै पोखरामा रही विभिन्न पेशा र व्यवसायका कारण मन र मस्तिष्कलाई बोझ भएको हुँदा नृत्यले केही मात्रामा भएपनि मनमा उमङ्ग जगाउने हुँदा प्रतियोगिता राखेको बताए।

सम्पर्क समाजका बरिष्ठ उपाध्यक्ष सीता शर्माले स्वागत मन्तव्य राखेकी थिइन्। भने समाजका सचिव हरिप्रसाद शर्मा पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए। समाजका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

Advertisment