फलेबास भगराका ४० श्रमिकलाई पेन्सन पट्टा वितरण

हुम तमु
भगरा, चैत्र ८ । फलेबास नगरपालिकाले फलेबास नगरपालिका वडा नं ९ भगराका निम्न वर्गका ४० जना श्रमिकलाई पेन्सन परिचय पत्र वितरण गरेको छ। फलेबास नगरपालिकाले नेपालकै पहिलो समाजवादी कार्यक्रम भगराबाट आईतवार सुरु गरेको हो। श्रमिकहरुलाई नगरपालिका प्रमुख पदपाणी शर्माले पेन्सन परिचय पत्र वितरण गरेको हो।
नागरिककोष संगको सहकार्यमा श्रम गरी दैनिक ज्यालादारीबाट जीवनोपार्जन गर्दै आएका श्रमिकले मासिक ५ सय जम्मा गर्ने र नगरपालिकाले ५ सय थप गरी ६० वर्ष पश्चात पेन्सन पाउने गरी परिचय पत्र वितरण गरेको हो।
कार्यक्रममा फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले विगतमा सिकेका ज्ञान लाई निम्न वर्गलाई प्राथमिकतामा राखेर विकास गर्न जोड दिइरहेको बताउनुभयो। भगरालाई सहकारीको गाउँ, कृषि, उत्पादन पर्यटकको हब बनाएर समृदि तर्फ लम्किने उहाको भनाई थियो। मजदुर सहकारीको परिकल्पना सगै श्रमिक कल्याणकारी कोष कार्यक्रम तयारी साथ निम्न वर्गको समृद्धिका लागि अघि बढेको प्रमुख शर्माले बताउनुभयो। क्लिन ग्रीन र मजदुर जोडिने अभियानमा लाग्यो भने मात्र सामाजिक रुपान्तरण हुने उहाको भनाइ थियो। पेन्सनले सामाजिक सुरक्षालाई सुनिश्चित हुने भन्दै उहाँले फलेवासलाई अरूले अध्ययन पालिका बनाउने बताउनु भयो।
कार्यक्रममा फलेबास नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्ण सापकोटाले श्रमिक कल्याणकारी कोष कार्यक्रमले अ हटाउँछ(अभाव, अप्ठ्यारो), प दिन्छ(पहिचान, प्रतिनिधित्व, प्रगति, पहुंच, प्रवाहिकरण), फलेवासले ब करण (बोध,व्यवसायिकरण, बजारीकरण) गर्दछ भन्न्नुभयो। श्रमिक कल्याणकारी कोष कार्यक्रम नेपाल कै नमूना भएकाले आशंका नगर्न उहाको आग्रह थियो।
कार्यक्रममा वडा नं ९ भगराका वडाध्यक्ष गंगाधर शर्मा, तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, विकास व्यवस्थापक देवीप्रसाद तिमिल्सिना लगायतले कार्यक्रमका बारेमा बोल्नु भएको थियो भने विकास अधिकृत रमेश पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Advertisment