संगम मा.बि व्यवस्थापन समितिको अध्यक्षमा नवीन गुरुङ

पाेखरा । कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नं. ६, चन्द्रकोट स्थित श्री संगम माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा नवीन गुरुङ सर्वसम्मत चयन भएका छन् । साेमबार बसेको वैठकले गुरुङकाे अध्यक्षतामा ९ सदस्यीय नयाँ व्यवस्थापन समिति गठन गरेको हो । लाेकप्रिय गायकका रुपमा समेत परिचित नवीन गुरुङ लेकाली ब्याण्डका संस्थापक तथा पुर्ब विद्यार्थी मञ्च संगम मा.वि.का अध्यक्ष समेत हुन् ।

नवगठित समितिमा तेज बहादुर क्षत्री (ह्वाँडी), रिता विश्वकर्मा (माझगाउँ), धन बहादुर बि.क. (पात्लेखेत), कमला विश्वकर्मा (लुम्ले) र टिका देवकोटा (लुम्ले) सदस्यमा चयन भएका छन् । यसैगरी शिक्षक प्रतिनीधिमा रिता देवकोटा (खनाल) र वडा प्रतिनीधिमा अन्नपूर्ण गा.पा. वडा नं. ६ का अध्यक्ष चित्र बहादुर गुरुङ्ग रहेको समितिका सदस्य–सचिव एवम् विद्यालयका प्रधानाध्यापक टेकनाथ पोखरेलले जानकारी गराएका छन् ।

यसैगरी सन्तोषी वि.क.को अध्यक्षतामा अभिभावक संघ पनि पुर्नगठन गरिएको छ । नवगठित संघमा एक जना सदस्य पछि मनोनयन गर्ने गरी खेम कुमारी विश्वकर्मालाई सदस्यमा चयन गरिएको छ ।

पोखरादेखि झण्डै ३४ कि.मी. उत्तरपश्चिममा अवस्थित संगम मा.वि., चन्द्रकोटमा हाल ५२ जना विद्यार्थीहरु अध्ययनरत् छन् भने विद्यालयमा १० जना शिक्षक–कर्मचारीहरु कार्यरत छन् ।

नवनिर्वाचित अध्यक्ष गुरुङ्गले हाल विद्यमान समस्याहरुको समाधान तर्फ ध्यान केन्द्रित गरी विद्यालयको समग्र शैक्षिक उत्थान र भौतिक विकासका लागि कार्य गर्ने प्रतिबद्धता जनाएका छन् । साथै गुरुङ्गले विद्यालयको सर्वाङ्गीण विकासका लागि विभिन्न पक्षहरुलाई समेट्दै अघि बढ्ने १२ बुँदे कार्ययोजना समेत पेश गरेका छन् ।

वि.सं. २०२८ सालमा स्थापित संगम मा.वि. मा विगतमा पुरानो संरचना अन्र्तगत घान्द्रुक, दाङ्गसिङ्ग, सल्यान र ढिकुरपोखरी लगायतका छिमेकी गा.वि.स.हरुबाट समेत विद्यार्थीहरु माध्यमिक शिक्षा आर्जनका लागि आउने गरेकाे कुरा पूर्व विद्यार्थी मञ्च संगम मा.वि.चन्द्रकोटका कोषाध्यक्ष आश बहादुर गुरुङले जानकारी दिनुभएकाे छ ।
photo – sampurna gurung

Advertisment