भारतमा सङ्क्रमण तीव्र रुपमा फैलँदै हुँदै, चौबीस घण्टामा ५९ हजार ११८ जना कोरोना भाइरसका संक्रमित थपिए

नयाँदिल्ली, चैत १३ गते।
भारतमा पछिल्लो चौबीस घण्टामा ५९ हजार ११८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । थपिएका संक्रमितसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड १८ लाख ४६ हजार ६५२ पुगेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण्डा मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २५७ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट एक लाख ६० हजार ९४९ पुगेको छ ।
हाल चार लाख २१ हजार ६६ जनामा संक्रमण सक्रिय अवस्थामा छ । हालसम्म एक करोड १२ लाख ६४ हजार ६३७ जना सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । हालसम्म पाँच करोड ५० लाखभन्दा बढीले खोप लगाइसकेका छन् । त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ८६ लाख तीन हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बिहीबार एकै दिनमा ११ लाख ७५६ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ ।

Advertisment