रेशम चौधरी र महेश बस्नेतबीच भेट, मुद्दा फिर्ता प्रक्रिया सुरु भएको दाबी

लक्की चाैधरी

काठमाडाैं, चैत १३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको याेजना कार्यान्वयन गर्ने जिम्मेवारी पूरा गर्ने भनिएर चिनिनुभएका नेकपा (एमाले) नेता महेश बस्नेत बिहानै संघीय समाजवादी पार्टी (सजपा) नेता तथा कैलाली १ नम्बरबाट निर्वाचित सांसद रेशम चौधरीबीच आज विहान भेटघाट भएको छ।

पछिल्लो समय एमाले र जनता समाजवादी पार्टीबीच सत्ता समीकरण सहमतिको अन्तिम चरणमा पुगेको भनिएकोबेला डिल्लीबजारस्थित कारागारमा भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। उनकै पार्टीका नेता बाबुराम भट्टराई र उपेन्द्र यादव वर्तमान सरकारमा सामेल भएर केपी शर्मा ओलीसँग सहकार्य गर्न हुँदैन भनेर लागेकोबेला वर्तमान सरकारमा समावेश हुन तयारी गरिरहेका सजपा अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतोलगायत नेताहरुले बालुवाटारसँग अन्तिम सहमति गर्न लागेको बताइन्छ।

डा. भट्टराई र यादवले रेशम चौधरी केपी सरकारसँग सहमत छैनन भनेर प्रचार गरिरहेकोबेला यसै हप्ता सजपा नेता राजेन्द्र महतो र सरकारका एक शक्तिशाली मन्त्रीले समेत चौधरीलाइ भेटेको बताइएको छ। हिजो मात्रै गृहमन्त्री रामबहादुर थापा बादलले थारु कल्याणकारी सभाले गरेको रेशम चौधरीको रिहाइको धर्नामा सहभागी भएर प्रतिबद्धता जनाउनुभयाे। रेशम चौधरीले पार्टीको निर्णय मान्ने र सरकारमा सहभागी हुने संकेत गरेर बक्तब्य दिनुभएकाे छ ।

पूर्वमन्त्री बस्नेत गृह मन्त्रालय, सरकारी वकिलसँग आवश्यक परामर्श लिइ हिजोको क्याबिनेटले मुद्दालाई सहज ढङ्गले अगाडि बडाउन प्रक्रिया थालनी गरेको सन्देश पुर्‍याउन कारागार जानुभएको गोरखापत्र अनलाईनलाई जानकारी गराउनुभयो । दुवै जनाबीच भेटवार्ता सकारात्मक भएको पनि उहाँले जानकारी गराउनुभयो ।

Advertisment