जगतगुरु शंकराचार्य हेमानन्दद्वारा यसरी भए पत्रकार सम्मानित

पोखरा । विश्वमा नै पहिलो महिला जगतगुरु शंकराचार्य हेमानन्द गिरीद्वारा विहिबार पत्रकार महासंघ कास्कीका नवनिर्वाचित पत्रकारहरुलाई दोसल्लाबाट सम्मानित भएका छन्।

मुक्तिनाथ दर्शन गरि फर्किएकी जगतगुरु शंकराचार्यले पोखरा पुष्करद्विप रहेको र मुक्तिनाथको काखमा बस्ने पत्रकारहरुलाई भेट्न मात्र नभई दर्शन गर्न आएको बताइन्।

जगतगुरु शंकराचार्यबाट विभूषित भएपछि २८ वटा भन्दा बढी देशबाट सम्मानित भइसकेकी जगतगुरुले आफूले पोखरेली पत्रकारहरुलाई सम्मान गर्न पाउँदा आत्मसन्तुष्टी मिलेको बताइन्। उनले “मुक्तिनाथ मन्दिरमा पुगिसकेपछी पोखराको नवनिर्वाचित पत्रकारहरुलाई सम्मान गर्ने मनमा भाव उठ्यो र तत्काल योजना बनाए, अहिले मलाई खुसी लागेको छ,” भनिन्।

मानिस जिवनमा सन्त र बसन्त ऋतुको ठूलो महिमा रहने जानकारी गराउँदै बसन्त ऋतुमा सबै फूलहरुले सुवासका साथ प्रकृतिलाई नै उज्यलो बनाउछन् र हरेक जीवले नयाँ उमंग बाड्ने बताइन। उनले नगरमा सन्त आयो भने नगरको भाग्य उदय हुने, घरमा आए भने लक्ष्मीको बास हुने, सन्तलाई दिलमा नै घर बनाइ जिवनमा नै आउनु पर्छ, अनि बल्ल संस्कार र संस्कृति बच्ने बताइन्।

हरेक धर्मका, हरेक वर्गका, हरेक आस्थाका धर्म गुरु आएर नगरवासीहरुको घरमा बसी आशिर्वाद दिई नगरलाई सदा बसन्त ऋतु जस्तै गरी सुन्दरमय बनाउन अनुरोध गरेकी थिइन्।

विश्व अहिले सन्धि युगमा गएकाले कोभिड–१९ को पीडा र वातावरण प्रदुषण जस्ता रोगव्याधीले जरो गाडेको बताइन्। यस्ता समस्या समाधानको उपायहरु शास्त्र, वेद, अर्थबेदहरु भएको उनले जानकारी गराइन्। वैमानश्यता र दुष्ट कर्म गरेमा, अन्योलमा बसेमा मुक्ती नपाउने बताउँदै सत्यको पक्ष लिई ज्ञान, धर्म र योगमा लाग्न आग्रह गरेकी थिइन्।

त्यसै गरी पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष विमला भण्डारीले जगतगुरु शंकाराचार्य हेमानन्द गिरीको आशिर्वाद र शुभकामनाबाट सिंगो पत्रकार महासंघ कास्कीको टिमलाई थप हौसला र प्रेरणा मिलेको बताइन्।

उक्त कार्यक्रममा प्रमुख अतिथि तथा प्रथम महिला जगतगुरु शंकराचार्य हेमानन्दले गिरीले धार्मीक क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्तिहरुलाई दोसल्ला लगाएर सम्मान गरेकी थिइन्।

माता ब्रहमेश्वरी गिरी जी महाराज लगायतको उपस्थितिमा र्बौद्ध अर्घौ सदन कास्कीका अध्यक्ष कृष्ण पौडेलले स्वागत गरेका थिए भने सामाजिक व्यक्तित्व पूर्ण श्रेष्ठ, नरेन्द्रमान लालचन लगायतले शुभकामना व्यक्त गरेका थिए। सदनकी सचिव तथा महामन्त्री कल्पना सिग्देलले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

Advertisment