युनाईटेड क्लवद्धारा शिद्ध माविमा सेनिटरी प्याड वितरण

पोखरा । युनाईटेड क्लवको ११ औ वार्षिकोत्सवको अवसरमा आयोजित साताव्यापी कार्यक्रमको दोश्रो दिन शिद्ध माविमा सेनेटरी प्याड वितरण गरेकोे छ । क्लवले पोखरा १५ फलेपाटनमा रहेको शिद्ध माविमा अध्ययनरत छात्राहरुलाई लक्षित गरी सेनेटरी प्याड वितरण गरिएको हो । सो अवसरमा वोल्दै पोखरा महानगरपालिका १५ का वडा अध्यक्ष प्रकाश पौडेलले वडाले चलाएको वालिकामैत्री सेनिटरी प्याड युक्त विद्यालय बनाउने अभियानमा युनाईटेड क्लवले गरेको कार्यक्रमले साथ दिएको वताए ।

सेनिटरी प्याडको अभावमा कक्षाकोठामा अध्ययन गर्दै गर्दा विचैमा पढाइ छाडेर जानुपर्ने वाध्यता अझैपनि छात्राहरुलाई रहिररहदा युनाईटेड क्वलले प्रदान गरेको सेनिटरी प्याडले त्यस्तो बाध्यतालाई सहजता प्रदान गर्ने उनको भनाइ रहेको थियो । पिरियडको वेलामा अझैपनि घरमा समेत सहज वातावरण नहुदा छात्राहरुले पढाइमा असर पर्ने काम भइरहेकाले यसबारेमा पनि अभिभावकले ध्यान दिनुपर्ने पौडेलले वताए ।

त्यस्तै शिद्ध माविका प्रध्यानाध्यापक गुरुदत्त काईरालाले सेनिटरी प्याड वितरण सानो कुरा जस्तो लागेपनि विद्यार्थी छात्राहरुको लागि महत्वपूर्ण कार्य भएको वताउदै छात्राहरुमा पिरियडकै कारण विद्यालय विचैमा छाडेर हिड्दा पढाइ विग्रने अवस्था आईरहदा यस्तो वेलामा सेनेटरि प्याड विद्यालयबाट प्रदान गर्न सके उनहरुको पढाईमा समेत राम्रो वातावरण सिर्जना हुने वताए । त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव वहादुर भण्डारीले युनाईटेड क्लले विद्यालयको निम्ति प्रदान गरिएको सामग्रीले विद्यार्थी लाई पढाइमा सहज वातावरण तय हुने वताए ।

युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका द्धितिय अध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य ब्यक्त गरेका थिएभने क्लवका कार्यसमिति सदस्य तथा सेनेटरी प्याड वितरण कार्यक्रमका संयोजक सीमा गुरुङले धन्यवाद मन्तब्य राखेकी थिइन । क्लवका महासचिव शान्त बहादुर थापाले कार्यक्रमको सञ्चालन गरेको कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल, निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङ, कोषाध्यक्ष सूर्य बहादुर वानिया, सचिव दिनेश सुनार, सदस्यहरु सीमा गुरुङ, सन्तोष कार्की लगायतको सहभागीता रहेको थियो ।

Advertisment