बगैचा टोलविकास संस्थाको नयाँ बर्षको शुभकामना आदानप्रदान

​पोखरा । बगैचा टोलविकास संस्थाको पोखरा ६ बैदामको आयोजनामा नयाँबर्ष २०७८ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
आउँदै गरेको नयाँबर्षले प्रत्येक नेपालीको घरदैलोमा नयाँ उमङ्घ सहित खुःशीयाली प्राप्त होस् भन्ने कामना सहित एकापसमा शुभकामना आदान प्रदान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि वडा प्रहरी कार्यलय बैदामका निरिक्षक बुद्धिसागर पुरीले बैदाम क्षेत्र पर्यटकीय क्षेत्र भएका हुनाले यस क्षेत्रको शान्ति सुरक्षाको लािग स्थानिय र टोलविकास संस्थाको भुमिका महत्वपूर्ण हुने बताए । नेपाल प्रहरी कुनै पनि काम एक्लै गर्ने नसक्ने हुृदा नगरिक समाज, स्थानिय ब्यक्ति र जनप्रतिनिधिहरुको सहयोग अपरिहार्य हुन्छ, सिसि क्यामराको महतले समाजमा घटेका घटनामा प्रहरीलाई सफलता मिलेको बताउदै समाजमा चोरी डकैति रोगथामका लागि सिसि क्यामरा महत्वपूर्ण हुने हुदा स्थानिय स्तरमा जडान गर्ने आयोजक।लाई आग्रह गरे ।
​विषेश अतिथि पोखरा महानगरपालिका वडा न ६का जनप्रतिनिधी राममाया विकले वडा समिति स्थानिय टोलसंस्थाहरुको सरसल्लाह अनुरुपमा नै अगाडी बढेको छ । वडाको विकास निमार्णमा नागरिक समाज,क्लव र टोलविकास संस्थाहरुको महत्वपूर्ण योगदान रहेको बताउदै, नेपालीमा नयाँ वर्षले हर्ष उल्लास ल्याउन सफल होस् भन्ने कामना सहित नयाँबर्ष मनाउदा स्वास्थ्य सुरक्षा र सावधानी अपनाएर मनाउन आब्हान गरिन ।
​टोलविकास संस्थाका अध्यक्ष मिना ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोमा भन्डारीे, सल्लाहाकार प्रेमनारायण अधिकारी,राष्ट्रिय सम्पदा समितिका पोखराका संयोजक विष्णुहरी अधिकारी,तालबाराही गुठी ब्यवस्थापन समितिका अध्यक्ष हिक्मत बहादुर कुँवर, बसन्त बैठक टोलविकास संस्थाका अध्यक्ष तुलसी दहाल, रेडक्रस इकाइ ६का अध्यक्ष गिरिराज अधिकारी र राप्रपा बैदाम ६का अध्यक्ष गणेश ढकाल लगायतका बक्ताहरुले नयाँबर्षले प्रत्येक नेपालीहरुको ओठमा नयाँ मुस्कानको कामना गर्दैै विश्वमा फैलिरहेको कोरोना भाइरसबाट विश्वले छिटै मुक्ति प्राप्त होस् भन्ने कामना गरेका थिए ।
​सचिब रेणु लामिछान संचालन गरेको कार्यक्रमका संस्थालाई सहयोग गर्ने महानुभावहरुलाई र नयाँ आगन्तु सदस्यहरुलाई दोसला सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

Advertisment