पूर्व राजा रानीलाई काेराेना, अस्पताल भर्ना !

काठमाडौँ – कोरोना भाइरसबाट संक्रमित भएका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमलराज्यलक्ष्मी शाहलाई अस्पताल भर्ना भएका छन्।

पूर्वराजा रानीसँगै छोरी प्रेरणा पनि अस्पताल भर्ना भएकी छिन्। उनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

निर्मल निवास स्रोतका अनुसार स्वास्थ्य अवस्था सन्तोषजनक रहे पनि डाक्टरको सल्लाहमा उनीहरु नर्भिक अस्पताल भर्ना भएका हुन् ।

चिकित्सक र स्वास्थ्यकर्मीको निगरानीमा बस्ने सल्लाह अनुसार पूर्व राजदम्पती शनिबार दिउँसो १ बजेपछि निर्मल निवासबाट नर्भिक अस्पताल गएका हुन्।

पूर्वराजा शाह १० दिन लामो भारत भ्रमणबाट फर्किएको केही दिनमा दम्पतीलाई नै कोरोना संक्रमण पुष्टि भएको थियो । साभार : देशसञ्चार
photo : Agency

Advertisment