मदनकृष्णले पूर्वमहाराज लाई भने, ‘गेट वेल सुन राजन’

काठमाडौँ – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले कोरोना भाइरसबाट संक्रमित भइ उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्व रानी कोमल र पूर्व राजकुमारी प्रेरणाको स्वास्थ्य लाभको कामना गरेका छन्।

आफू पनि कोरोना भाइरसबाट संक्रमण भएर उपचारको क्रममा रहँदा कलाकार श्रेष्ठले बिहीबार राति सामाजिक सञ्जाल मार्फत पूर्व राजपरिवारको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

उनले लेखेका छन्, ‘आफ्नो शरीर सिंगै कोरोनाले गलेर लल्याकलुलुक, फल्याक फुत्लुक भइरहेका बेला सबैलाई सम्झेर मन भावुक भइरहेको छ आज । सबैलाई एकपल्ट माया पोख्न मन लागिरहेको छ । राजा ज्ञानेन्द्र लगायत राजपरिवारप्रति पनि सीघ्र स्वास्थ्यको कामना व्यक्त गर्न मन लागिरहेछ । गेट वेल सुन राजन, रेस्पेक्ट यू, लभ यू।’

कोरोना संक्रमणलाई जितेर कलाकार श्रेष्ठ भने घर फर्किएका छन् । राजा ज्ञानेन्द्रसहित कोमल र प्रेरणाको अहिले नर्भिक अस्पतालमा उपचार जारी छ।

साभार – देश सञ्चारबाट

Advertisment