नेपालमा थप ७ हजार १३७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

काठमाडौं– नेपालमा थप ७ हजार १३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टामा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा आइतबार थप ७ हजार १३७ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी १६ हजार १४७ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन परीक्षणबाट गरी ७ हजार २११ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा २७ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३२५ पुगेको छ।

Advertisment