आज काेराेना संक्रमितको नयां रेकर्ड, निकाे हुनेकाे दर ७९‍ दशमलव ४ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयकाे भनाई

काठमाडौं । मुलुकभर बिहीबार ९ हजार ७० काेराेना संक्रमित थपिएका छन् । एकै दिन थपिएको यो संख्या हालसम्मकै उच्च भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । आज २१ हजार १ सय ४२ को परीक्षण गरिएको थियो।
जसमा पिसिआर परीक्षण गर्दा ८ हजार ९७० जना र एन्टिजेन परीक्षणबाट १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस दिन काठमाडौं उपत्यकामा ३ हजार ९७२ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौं जिल्लामा ३ हजार १६३, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जनामा संक्रमण देखिएको छ।
देशभर हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ। आज कोरोनाबाट ५४ जनाले ज्यान गुमाएका छन्। याे संगै मृत्यु हुनेकाे संख्या ३५२९ पुगेको छ।
त्यस्तै २ हजार ७०७ जना निकाे भएका छन्। याेसँगै निको हुनेको दर ७९‍ दशमलव ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म २ लाख ९२ हजार ४९० जना कोरोनाबाट निकाे भएका छन्।

Advertisment