तमु धिंले मेजर गुरुङको शालिक र तमु संग्रहालय निर्माण गर्ने

पोखरा, २७ बैशाख ।
तमु धिं नेपालले संस्थाका परम संरक्षक स्वर्गीय मेजर जयबहादुर गुरुङको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।
कास्की जिल्ला, अन्नपुर्ण गाँउपालिका घान्द्रुक गाँउ भई पोखरा ९ नयाँबजार निवासी, तमु धिं नेपालस्थित तमु साँस्कृतिक धिं निमार्ता गुरुङको १४ औं दिनको पुण्यतिथिमा तमु धिंमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको हो।
८३ वर्षको उमेरमा स्वर्गारोहण हुनुभएका वरिष्ठ समाजसेवी गुरुङको आफ्नै निवासमा पितृकार्य अर्घौ सम्पन्न हुने दिन तमुधिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षता र कार्यसमिति सदस्य एवम प्रचार संयोजक सुरेन्द्र गुरुङको संचालनमा परम संरक्षकको श्रद्धा अर्पण कार्यक्रम तमु धिंले गरेको हो। कोरोना संक्रमणको कारण पितृकार्यमा समेत सहभागीता हुन नसक्ने अवस्थामा पनि तमु धिंले स्वास्थ्य सजगता अपनाउदै श्रद्धा अर्पण कार्यक्रम सम्पन्न गरेको हो।
श्रद्धाञ्जली अर्पण गर्दै तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमु साँस्कृतिक धिं दाता, वरिष्ठ समाजसेवीको निधनले तमु धिं, तमु समुदाय, समाजका लागि अविभावक विहिन भएको र उहाँको सदा स्मरणका लागि तमु धिंमा स्वर्गीय गुरुङको प्रतिभा निर्माण गर्ने र तमु धिंलाई तमु संग्रहालयको रुपमा विकास गर्ने सोंच रहेको बताउनुभयो।
समाजसेवी स्वर्गीय मेजर गुरुङले तमु धिं नेपालका लागि तमु साँस्कृतिक भवन निर्माण, घान्द्रुकको मेश्रम बराह मावि, घान्द्रुक व्यासीमा खानेपानीमा सहयोग, घान्द्रुक व्याँसीको फुम्रोखु बराह माविमा आर्थिक सहयोग, अक्षयकोष स्थापना, चन्द्रकोट ताञ्चोक संगम माविमा आर्थिक सहयोग,पृथ्वीनारायण क्याम्पसमा प्राध्यापक संघको सभाहल निर्माण, विन्ध्यावासिनी मन्दिरमा जेष्ठ नागरिक मिलन केन्द्र निर्माण, पण्डित पाठशाला कोठा निर्माण,पोखरा नयाँपुल सडकलाई आर्थिक सहायता, डाडागाँउ आमा समुह भवन निर्माण, विश्वशान्ति स्तुपामा सहयोग लगायत गोप्य विशेष आर्थिक सहयोग, दिन, दुःखी हरुका समस्यामा विविध सहयोग गर्दै आउनुभएकाे थियो ।

Advertisment