२४ घन्टामा थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घन्टामा थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको छ। पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गराउँदा ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएकाे छ ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १६८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका अनुसार ४ हजार ४४४ जना कोरोनामुक्त भएका छन्। हालसम्म १ लाख १ हजार ६३४ सक्रिय संक्रमित रहेका छन्। ५१७ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ।

Advertisment