कांग्रेस – माओवादीले सरकारको दावी नगरेपछि ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं, वैशाख ३० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति नै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गर्नुभएको छ । संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा वढी दल मिलेर बहुमतका सरकार बनाउने आज राती ९ बजेसम्मको समय घर्केपछि ७६ (३) अनुसार राष्ट्रपति भण्डारीले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुहुने एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताउनुभयो ।

“संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको आव्हान राष्ट्रपतिले गरिसक्नुभएकाले सो समयावधि भित्र कुनै पनि दलहरुले सरकार गठनको दावी नगरेपछि स्वतः ७६ (३) अनुसार अर्को सरकार गठन हुनेछ” उहाँले भन्नुभयो । राष्ट्रपति भण्डारीले सोही धारा टेकेर आज राती प्रधानमन्त्रीमा पुनः ओलीलाई नियुक्त गर्नुभएको जानकारी पाएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बिश्वासको मत लिन नसकेपछि स्वत अर्को सरकार गठन का लागी दलहरुलाई आह्वान गर्नुभएको थियो ।राष्ट्रपति भण्डारीले जेठ २७ गते नै संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको आव्हान गर्नुभएको समयसीमा अब सकिएको छ । विपक्षी दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा उपेन्द्र यादव पक्ष मिलेर वैकल्पिक सरकार गठनको कसरत गरेको भएपनि सफल हुन सकेन् । सरकार गठनका लागि बहुमत सांसद पुयाउने अवस्था नदेखेपछि प्रतिपक्षी गठबन्धनले सरकार गठनको दावी समेत गरेनन् ।

राष्ट्रपति कार्यालयमा विपक्षी गठबन्धनले सरकार गठनको दावी गर्न नगएपछि स्वतः ठूलो दलको हैसियतले एमालेका अध्यक्ष तथा संसदीय दलको नेताको हैसियतले पुनः प्रधानमन्त्रीमा ओली नियुक्त हुनभएको हो । संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्रीमा पुनः नियुक्त ओलीले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभा बैठकमा बहुमत शिद्ध गर्नुपर्ने संवैधानिक प्रवधान छ ।

यसअघि २७ गतेको प्रतिनिधिसभा बैठकमा जसपाका महन्थ ठाकुर पक्ष तटस्थ बसेपनि ३० दिन भित्र लिइने विश्वासको मतमा ठाकुर पक्षले विश्वासको पक्षमा मतदान गर्नुहुनेछ । एमालेको १२१ र ठाकुर पक्षको १९ सांसदले विश्वासको मत दिएमा प्रधानमन्त्रीको पक्षमा १४० मत पुग्नेछ । आज अध्यक्ष ठाकुर र नेता महतोको पक्षमा १९ जना सांसद भुक्तपुरमा भेला हुनु भएकाे थियाे ।

बहुमत सिद्ध गर्न अहिलेको २७५ सांसदमध्ये १३८ मत पु-याउनुपर्ने हुन्छ । यसअघि एमाले नेता माधवकुमार नेपाल पक्षका सांसदहरु असन्तुष्ट हुँदै सामुहिक राजीनामा दिने चेतावनी दिनुभए पनि आज भएको अध्यक्ष ओली र नेता नेपालबीचको बार्ता सकारात्मक भएपछि एमाले एक ढिक्का भएको दाबी गरेको छ । अव बन्ने सरकारमा अध्यक्ष ठाकुर पक्षले पनि सहभागीता जनाउने विश्वास एमालेका नेताहरुको छ । प्रधानमन्त्री ओलीको पद तथा गोपनीयताको शपथ भोलि हुने भने हुनेभएको छ । ।

Advertisment