तमु धिं नेपालकाे अपिल, महामारीमा पहिला ज्यान बचाऊ ! भाेजभतेर, बिबाह, अर्घुं पछि…

पाेखरा । तमु धिं नेपालले एक बिज्ञप्ति प्रकाशित गर्दै कोरोना भाइरसको दोश्रो भेरियन्ट अत्यन्तै खतरनाक रुपले समुदायस्तरमा फैलिएको हुंदा सबैमा सचेत हुन आग्रह गरेकाे छ
अहिले समुदायमा प्रवेशसँगै कोरोनाबाट दैनिक मानिस मर्नु पर्नेको पंक्ति टोल, छिमेक र घर घरमा प्रवेशको अवस्थामा पुगेकाले आम नागरिकलाई आफै सचेत र सजग रहन हार्दिक अपील गर्दछौं तमु धिं नेपालका अध्यक्ष हुम बहादुर तमुद्वारा जारी गरिएकाे बिज्ञप्तिमा भनिएकाे छ दोश्रो भेरियन्टबाट मृत्युदर पनि अधिक रहेकाले जीवन रहे अरु धेरै गर्न सकिन्छ, त्यसैले सावधानी अपनाउनु नै जीवन रक्षा हो।कोरोना पोजिटिभ पछिको उपचार समेत अत्यन्तै महंगो मात्रै होइन उपचारक्रममा आवाश्यक अक्सिजन, अक्सिजन सिलिण्डरको अभावले समेतको बाध्य भई जीवन समाप्त भईरहेको छ ।
महामारीको यस्ताे जटिल अवस्थामा सबै भन्दा पहिला आफ्नो जीवन रक्षाका लागि आफै जुटौं, आवाश्यक स्वास्थ्य सुरक्षा र सावधानी अपनाऔं।

भाेजभतेर, बिबाह, अर्घुं पछि…

महामारीको अवस्थामा भेला हुने, जम्मा हुने, भोज भेतर, पुजा लगायतका कार्य रोक्न र मृत संस्कारगत कर्म अन्त्येष्टिलाई अनिवार्य उपस्थित रहनुपर्ने बाहेक सहभागी नबनौं, तमु समुदायको पितृकार्य पय(अर्घौं) कर्म वर्तमान महामारीको संक्रामक अवस्थालाई मनन गर्दै आआफ्ना लामा, पच्यु, क्हेप्री गुरुहरुसँग समेतको सल्लाह गरी केही समय पश्चात गर्न(जस्तै ४९ दिनमा) हार्दिक आग्रह गर्दछौं। कोरोना महामारी नियन्त्रण गर्न, कोरोना पोजिटिभ देखिएका नेपालीको निशुल्क उपचार गर्न र लकडाउन थपिदै गएकाले समस्यामा रहेका जनताका लागि राहत उपलब्ध गराउन तिन तहको सरकारसँग अनुरोध समेत गर्दछौं। राज्यको सम्पुर्ण ध्यान कोरोना विरुद्ध केन्द्रित गरी समस्या, महामारीमा मा परेका नागरिकको अभिभावकत्व ग्रहण गर्न सरकारहरुसँग पुनः आग्रह गर्दछु तमु धिं नेपालकाे तर्फबाट अध्यक्ष हुमबहादुर तमु द्वारा जारी बिज्ञप्ति मार्फत सबै समाज, समुदायमा अपिल गर्नुभएकाे छ ।
अध्यक्ष

Advertisment