लाेकतान्त्रिक खेलकुद संघकाे बैठक, प्रदेश अध्यक्ष निधनमा शाेक ब्यक्त्त

पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघले संघका केन्द्रिय सदस्य, २ नं. प्रदेश संयोजक, क्योकुसिनका अन्तराष्ट्रिय खेलाडी, नेपाल क्योकुसिनकान कराते संघ २ नं. प्रदेश अध्यक्ष एवं प्रदेश प्रमुख प्रशिक्षक बैजनाथबाबा यादवको अल्पायुमा भएको देहावसानमा समवेदना प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

जनकपुर निवासी यादवको हिजो राती कोभिडका कारण बीर अस्पताल काठमाण्डौमा उपचारका क्रममा निधन भएको हो । नेपालमा देखिएको कोभिडको महामारीको कारण नेपाली प्रजातन्त्रका होनहार युवा योद्धा, नेपाली खेलकुदको नेतृत्व, अन्तराष्ट्रिय क्योकुसिन खेलाडी एवं नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य तथा प्रदेश नं. २ का संयोजक यादवलाई गुमाउनु पर्दा सिंङ्गो खेलकुद क्षेत्र र लोकतान्त्रिक खेलकुद संघले ठुलो क्षती ब्यहोर्नु परेको संघले जनाएको छ ।

स्व. यादवले लोकतान्त्रिक खेलकुद संघ, लोकतान्त्रिक आन्दोलमा पुर्याएको अहम भूमिका, देशका लागि खेलकुद माध्यमबाट दिएको योगदान सदा स्मरणिय रहने संघले विज्ञप्तीमा उल्लेख गरेको छ । खेलकुद क्षेत्रका अन्य सम्मानित ब्यक्तित्वहरुको असामयिक निधन प्रति पनि नेपाल लोकतान्त्रिक खेलकुद संघ समवेदना ब्यक्त गर्दै श्रद्धान्जली अर्पण गरेको विज्ञप्तीमा जनाइएको छ । यादव ९ दिन देखि बीर अस्पतालमा उपचाररत थिए । यादवको श्रीमती र एक छोरा रहेका छन् ।

सोही क्रममा आज बसेको केन्द्रिय समितिको भर्चूअल मिटिङ्गले विभिन्न निर्णयहरु गर्दै केन्द्रिय सदस्य यादव तथा अन्य खेलकुद कर्मीहरुको असामयिक निधनमा शोक प्रस्ताव पास गर्नुका साथै सम्पूर्णमा श्रद्धाञ्जली अर्पण गरेको छ । यस्तै स्व. यादवले अगाडी बढाएका खेलकुदका अपुरा कार्यहरुलाई सम्पन्न गर्न नेपाल लोकतान्त्रिक खेलकुद संघ सदा अग्रसर रहने निर्णय समेत गरेको अध्यक्ष देबेन्द्रकुमार शेरचनले जानकारी दिएका छन् ।

Advertisment