शंकर भण्डारीको पहलमा १७ थान अक्सिजन सिलिण्डर हस्तान्तरण

दमौली ,१४ जेठ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीको पहलमा ल्याइएको १७ थान अक्सिजन आज हस्तान्तरण गरिएको छ ।
अक्सिजन सिलिण्डर जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रमुख वाग्लेले जिपि कोइराला श्वास प्रश्वास तथा उपचारकेन्द्रका प्रमुख डा.रामकुमार श्रेष्ठलाई १० थान र दमौली अस्पतालका प्रमुख डा. सुनिल पौड्याललाई ७ थान सिलिण्डर हस्तान्तरण गरेका थिए ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख वाग्लेले यो संक्रमणको घडीमा पूर्वमन्त्री भण्डारीले गरेको पहल निकै सह्रानीय भएको बताएका थिए । सोही अवसरमा दमौली अस्पतालका प्रमुख डा. पौड्यालले अक्सिजनको अभावमा बिरामीहरुले ज्यान गुमाई रहनु परेको अवस्थामा पूर्वमन्त्री भण्डारीको पहलमा अक्सिजन सिलिण्डर उपलब्ध गराउने कार्य निकै सह्रानीय भएको बताएका थिए । अक्सिजन हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस व्यास नगर समितिका सह–सचिव डम्बर अधिकारीले समेत धारणा राखेका थिए । पूर्वमन्त्री भण्डारीले यस अगाडि जिल्लाका अस्पताल र आइसोलेसन कक्षमा स्वास्थ्य सामाग्री हस्तान्तरणका लागि नेपाली कांग्रेस तनहुँलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ उपलब्ध गराएका थिए । नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेका अनुसार केही दिन भित्र नै तनहुँ कांग्रेसले स्वास्थ्य सामाग्री उपलब्ध गराउने छ ।

Advertisment