गौतम बुद्ध क्रिकेट रंगशालालाई फ्रेण्डस फरएभर ग्रुपद्धारा सहयोग

पोखरा २ असार । वेलायतमा रहेका नेपालीहरुको समुह फ्रेण्डस फरएभर गु्रपले चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १ लाख ८० हजार रुपैया सहयोग गरेको छ । राष्ट्र निर्माण, तपाई हाम्रो अभियान भन्ने मुल मन्त्रका साथ स्थापित फ्रेण्डस फरएभर गु्रपका सदस्य हाल हङकङमा रही पोखरा ११ निवासी गोल गुरुङको संयोजकत्सवमा संकलित उक्त रकम गु्रपका सदस्य बिरकाजी गुरुङले रंगशाला निर्माणका संयोजक तथा धुर्मुस सुन्तली फाउण्डेशनका संयोजक सिताराम कट्टेल धुर्मुसलाई उक्त रकम हस्तान्तरण गरेका हुन ।

वेलायतमा रहेपनि आफ्नो मातृभुमिमा आइपरेको विभिन्न विपत्तिहरुमा सहयोग गर्दै आइरहेको फ्रेण्डस फरएभर गु्रपले निरन्तर झरीका बावजुद पनि क्रिकेट रंगशाला निर्माणस्थल चितवमा पुगी सहयोग रकम हस्तान्तरण गरेको हो ।

सहयोग रकम हस्तान्तरण गर्दै ग्रुपका सदस्य बिरकाजी गुरुङले धुर्मुस सुन्तली फाउण्डेशनले आफ्नो मातृभुमिमा अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण थालेको र उक्त अभियानमा आफुहरुले पनि केही सहयोग गर्ने उद्देश्य अनुरुप गु्रपका सदस्य गोल गुरुङको संयोजकत्वमा गु्रपमा आवद्ध सदस्यहरुबाट संकलित रकम आज हस्तान्तरण गर्न पाउदा निकै खुसी लागेको वताए ।

यसअघिपनि नेपालका विभिन्न प्राकृतिक विपत्तिमा परेकाहरुलाई आफुहरुको ग्रुपले सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने समेत वताए । सहयोग रकम बुझ्दै धुर्मुस सुन्तली फाउण्डेशनका संयोजक सिताराम कट्टेल धुर्मुसले विदेशमा रहेरपनि आफ्नो मातृभुमि प्रति देखाएको सदासयता प्रति आभार प्रकट गर्दै स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट नै आफुहरुको उद्देश्य पुरा हुने वताए ।

Advertisment