गण्डकीमा विपद् ब्यवस्थापनकाे यस्ताे छ तयारी, मुख्यमन्त्री मनाङ जांदै

पाेखरा । गण्डकी प्रदेश स्तरीय प्रदेश विपद व्यवश्थापन कार्यकारी समितिको बैठक मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको अध्यक्षतामा बसेर बिभिन्न निर्णय हरु गरेकाे छ । समितिकाे बैठकले बिपद ब्यवस्थापनका बिभिन्न पांच बुंदामा छलफल गरि निर्णय लिएकाे बताईन्छ ।
निर्णयहरु ः–
१. प्रदेश र जिल्ला स्थित सुरक्षाकर्मी, जनप्रतिनीधि, सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई विपदमा उद्वार, आवश्यक सहयोगमा जुटन र पुर्वतयारीमा रहन निर्देशन ।
२. वर्षाका कारण अवरुद्व सडक तत्काल मर्मत गरि सूचारु गर्न भौतिक तथा पुर्वाधार मन्त्रालयले बजेट प्रवन्ध मिलाउन निर्देशन ।
३. विपद पुर्वतयारी तथा प्रतिकार्य योजना तत्काल निर्माण गरि कार्यान्यवनमा ल्याउने ।
४. प्रदेश स्तरीय विपद कोष निमावली अनुसार न्यूनतम ५ करोड कोषमा राख्ने निर्णय । ५. मुख्यमन्त्री टाेलि राहत सहित मनाङ्ग जाने तयारी गर्ने । सचिव ईन्दु घिमिरे मुख्यमन्त्री तथा मुख्यमन्त्रीको कार्यालय गण्डकी बाट जानकारी प्राप्त भएकाे छ ।

Advertisment