पाउँदुरका समाजसेवी दुर्गाप्रसादले जन्मदिनका अवसरमा गरे सहयोग, महामारीमा गरिएको सहयोग अनुकरणीय : युवराज कुंवर

पाेखरा, १० असार । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ पाउँदुर रानीथोकका समाजसेवी दुर्गाप्रसाद पौडेलले आफ्नो ६३ औं जन्मदिनको अवसरमा गरिव तथा विपन्न परिवारलाई खाद्य सामाग्री बितरण गर्नुभएको छ ।
गरिव तथा विपन्न १६ परिवारलाई चामल, तेल, दाल, मस्यौरा, नुन, साबुन लगायतका सामाग्री आज उहाँले हस्तान्तरण गर्नुभयो । सामग्री वितरण कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले खान नपाएर कोही मर्नु नपरोस् र कसैको चुलो नबल्ने स्थिति नआओस् भन्दै महामारीको समयमा गरिएको यो सहयोगले अनुकरणीय सन्देश दिएको बताउनुभयो ।
समाजसेवी दुर्गाप्रसाद पौडेलले आफुले कहिल्यै जन्मदिन नमनाएको बताउदै बन्दाबन्दीका कारण दैनिकी सञ्चालनमा समस्या परेका घरपरिवारलाई खाद्यान्न वितरण गर्न पाउदा हर्ष लागेको लागेको बताउनुभयो । सो अवसरमा पौडेलले जनताका लागि जनताद्वारा सञ्चालित अभियान ‘अन्नपूर्ण कोभिड हेल्पलाइन’ लाई ५ हजार १ रूपैयाँ प्रदान गर्ने घोषणा समेत गर्नु भयो ।

Advertisment